एनआरएनए क्षेत्रीय सम्मलेन अगष्ट २७ र २८ तारिख न्युजर्सीमा हुने


गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदले यो पटक आफ्नो क्षेत्रीय सम्मेलन अमेरिकामा हुने निर्णय गरे पछि सो सम्बन्धी तयारी गर्ने कार्य अगाडि आएका छन । यसै सिलसिलामा गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको क्षेत्रीय सम्मेलन अमेरिकाको न्यूजर्सीमा हुने भएको छ ।

१५ अप्रिल २०१६ मा एनआरएन अमेरिका र एनआरएनएको संयुक्त बैठकबाट सो निर्णय गरिएको हो । एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेलको अध्यक्षतामा बसेको बैठकमा एनआरएनए उत्तर अमेरिकाका क्षेत्रीय संयोजक सोनाम लामाले बैठकमा न्यूजर्सी, टेक्सास र क्यालिफोर्निया मध्य कुन ठाउँ उपयुक्तहोला भनी राय लिन पेश गर्नु भएको प्रस्थावमा सबै भन्दा राम्रो न्यूजर्सी हुने भनी आएकोले सोही ठाउँमा गर्ने निर्णय गरिएको हो ।

न्यूजर्सीको डब्बल ट्री हिल्टन होटलमा आगमी अगस्टको २७ र २८, २०१६ मा हुने उक्त सम्मेलन अमेरिकाको लागि दोश्रो अबसर हो । कार्यक्रमबारे उत्तर अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाले यो हप्ता एनसिसी अध्यक्ष अमेरिका र क्यानाडा अनि आइसिसीको अर्को बैठकले कार्यक्रमको खाका तयार गर्ने कुरा बताउनु भएको छ भने क्षेत्रीय उपसंयोजक एसी शेर्पाले कार्यक्रममा धेरै गहन बिषयहरुको छलफल गरिने कुरा बताउनु भएको छ ।

एनआरएन अमेरिकाका पूर्व अध्यक्ष तथा एनआरएनए आइसिसी सदस्य खगेन्द्र क्षेत्रीले आफ्नै होमटाउनमा हुन लागेको उक्त सम्मेलन प्रति खुसी ब्यक्त गर्नु भएको छ । क्षेत्रीय सम्मेनलबारे केही अन्योलता सृजना भएको देखिन आएकोले प्रस्ट पारीएको छ । यस्तो क्षेत्रीय सम्मेलन गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको आफ्नो कार्यक्रम हो । तर हरेक पटक त्यो देशको एनसिसीले होस्ट कन्ट्रीको रुपमा कार्य गर्दछ भने कार्यक्रम तत् क्षेत्रका क्षेत्रीय संयोजकको संयोजनमा हुने गर्दछ ।

यस बाहेक एनआरएन अमेरिकाका मिडिया संयोजक सर्वग्य वाग्लेद्वारा प्राप्त जानकारीमा बैठक्ले थप अरु दुई कुरा पनि निर्णय गरेको छ । नेपालमा हालै भएको आगोलागी बाट पिडीतहरुलाई सहयोग गर्न एन आर एन,अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलको संयोजकत्वमा पाँच सदस्सीय सहयोग संकलन समिति बनाई सहयोग संकलन कार्यलाई तीव्र रुपमा अगाडि बढाउने निर्णय गरिएको छ । यसका अन्य सदस्यहरुमा दिल श्रेष्ठ , सुनील साह ,प्रकाश सापकोटा र सतेन्द्र साह हुनुहुन्छ ।

त्यस्तै गरेर न्युयोर्कमा पहिलो पटक गर्न लागिएको ऐतिहासिक नेपाल डे परेडमा, नेपाली दुताबासबाट आधिकारिक सूचना प्राप्त भए पछि मात्र सो कार्यक्रममा संस्थागत सहभागिताबारे निर्णय गरिने छ । हल सम्म एनआरएनलाई सो कार्यक्रमको आधिकारिक निम्ता आएको छैन ।

कृष्ण के.सी
उत्तर अमेरिका क्षेत्रीय मिडिया कोअर्डिनेटर
गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद