महजात्रा बार्सिलोनामा आज


बार्सिलोना/ नेपाली नयाँ बर्षको उपलक्ष्यमा महजोडीले आज स्पेनको बार्सिलोनामा पहिलोपटक महजात्रा प्रस्तुत गर्दै छन्।मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य लगायत कलाकारहरुको टोलिले महजात्रा प्रस्तुत गर्न लागेका हुन्।

महजोडीको साथमा नरेन्द्र कंसकार,मोहित आचार्य,माण्डवी त्रिपाठी,यमन श्रेष्ठ सहितका कलाकारहरु रहेका छन्।  नेपाली जनसम्पर्क समिति स्पेनले आयोजना गर्न लागेको कार्यक्रममा नेपालीहरुको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।

समितिका महामन्त्री राजु थापाले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएका छन्। यस्तै कार्यक्रमको संयोजन गरीरहेका सुबास बहादुर बिष्टले स्थानीय कलाकारहरु लगायत बालबालिकाहरुको समेत बिशेष प्रस्तुति रहेको बताएका छन्।

मह जोडीले नर्बे,फिनल्याण्ड,डेनमार्क,पोल्याण्ड र स्विडेनमा कार्यक्रम सकेर आज स्पेनमा कार्यक्रम प्रस्तुत गर्दै छन्। जर्मनी,फ्रान्स,स्बिजरल्याण्ड,बेल्जियम,पोर्चुगल लगायतका युरोपियन मुलुकहरुमा पनि महजोडीले कार्यक्रम गर्दै छन्। गैर आवासीय नेपाली संघको आयोजनामा वुमन वेलफेर च्यारिटीको सहयोगार्थ महजोडी युरोप यात्रामा रहेका छन्।

बार्सिलोनाको कार्यक्रम बारे पूर्ण बिबरण :

मिति :- १७ ,अप्रिल आईतबार,२०१६
समय:- दिउँसो ४ बजे
स्थान:– MARSE FORUM, L4, CALLE JOSEP PLAZA,40
टिकट:- १२ युरो (साधारण)

आयोजक:- नेपाली जनसम्पर्क समिति स्पेन

नोट:- तिन जना भन्दा माथिको परिबारलाई टिकट शुल्क ३५ युरो र १५ बर्ष मुनिका लागि निशुल्क