स्पेनको कोस्टाब्लान्कामा मह जात्राको तयारी व्यापक (प्रोमो सहित)


– प्रकाश तिवारी,कोस्टाब्लान्का,

नेपाल स्पेन समाज कोस्टाब्लान्काले नेपाली नयाँ बर्ष २०७३ को शुभ अवशर पारेर शुभकामना आदान प्रदान तथा हाल युरोप भ्रमणमा रहेका मह जोडी तथा समुहको बिशेष प्रस्तुती सहितको साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। समाजले हरेक बर्ष नेपाली नयाँ बर्षको कार्यक्रम गर्दै आएको छ भने यसपटक मह जोडी सहितका कलाकारको समुह लाई प्रथम पटक कोस्टा ब्लान्कामा उतार्न लागेको हो।

उल्लेख्य मात्रामा नेपालीको बसोबास नभए पनि यस क्षेत्रमा बस्ने नेपालीहरुले आ-आफ्नो क्षमता अनुसारको आर्थिक सहयोग गरेर भए पनि कार्यक्रम गर्ने इच्छा देखाएका कारण नेपाल स्पेन समाजले कार्यक्रमको आयोजना गर्न सफल भएको हो।

युरोप भ्रमणमा रहेका महजोडीको कार्यक्रम २० अप्रिल बुधबारका दिन कोस्टाब्लान्काको बेनिडर्म स्थित ४ तारे होटल मारिनामा हुने भएको छ। गैर आवासीय नेपाली संघको आयोजनामा वुमेन वेलफेर च्यारिटीको लागि सहयोग जुटाउन नेपाल बाट आफ्नो प्रस्तुति लिएर युरोप भ्रमणमा आएका राष्ट्रकै गहना बरिष्ट कलाकार द्वय हरिबंश आचार्य र मदन कृष्ण श्रेष्ठ संगै कलाकारहरु नरेन्द्र कंसाकार, यमन श्रेष्ठ, माण्डवी त्रिपाठी, मोहित आचार्य लगायतका कलाकारहरु कोस्टाब्लान्कामा आउन लागेका हुन्।

पहिलो पटक नेपाल बाट आएका कलाकारको प्रस्तुति हेर्न पाउने अवसर जुटेको त्यसमा पनि महजोडीको कार्यक्रम हुने भने पछि यस क्षेत्रका नेपालीहरु निकै उत्साहित बनेका छन्। समाजले कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्नका लागि समाजका सल्लाहकार केदार देवकोटाको संयोजकत्वमा कार्यक्रम तयारी समिति गठन गरेको छ भने कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउनका लागि बिभिन्न ९ उप समिति बनाउदै जिम्मेबारी बाँडफाँड़ गरेको छ।

आवस्यकता अनुसार सदस्य थप गर्ने गरि बिभिन्न कार्य क्षेत्र बिभाजन गरि उपसमिति संयोजक तथा सदस्यहरु नियुक्त गरिएको छ, जस अन्तर्गत आर्थिक ब्यबस्थापनमा सुरेश बज्राचार्य, खाना ब्यबस्थापनमा मनिष पोखरेल, कृष्ण खत्री, सन्देश महत, स्वागत तथा सत्कारका लागि शुष्मा ढुंगाना, रमेश गिरी, हल ब्यबस्थापनमा निराजन लुइँटेल, हौसला हमाल, सिद्वान्न्त गुरुङ, न्यारी सापकोटा, नमुना महत र शुष्मा ढुंगाना, टिकट ब्यबस्थापनमा झरना बास्तोला, धिरज पाण्डे स्वयंसेवक ब्यबस्थापनमा रोजिना श्रेष्ठ, अतिथि तथा कलाकार ब्यबस्थापनमा रितेश श्रेष्ठ, केदार देवकोटा, सुरेश बज्राचार्य, फोटो तथा भिडियो ब्यबस्थापनमा पुष्कर अधिकारी, कार्यक्रम संचालन तथा प्रचार प्रसारमा प्रकाश तिवारी रहेका छन।

मिति : २० अप्रिल , २०१६ बुधबार
गेट खुल्ने समय : ९ बजे
कार्यक्रम शुरु हुने : ११ बजे
स्थान : Hotel Marina
Avda. de Cuenca, 6
03503 Benidorm
टिकट शुल्क : २५ युरो (खाना सहित)
नोट: कार्यक्रम हेर्ने चाहना हुदाँ हुदै पनि आर्थिक अबस्था कमजोर भइ टिकट शुल्क तिर्ने क्षमता नभएका व्यक्तिलाई परिस्थिति वास्तविक भएमा कार्यक्रममा निशुल्क प्रवेश दिने ब्यबस्था गरिएको छ त्यसको लागि कार्यक्रम संयोजक तथा सदस्यहरुलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।