संकटको पार नेपाली कांग्रेसले मात्र गर्छ : पौडेल


कृष्ण रानाभाट/पोखरा ।

जबजब देशमा संकटको बेला आयो तब नेपाली कांग्रेसले देशलाई सम्हालेका इतिहास रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य युवा नेता प्रदीप पौडेलले बताएका छन् ।

नेपाली कांग्रेस पोउमनपा वडा २४ कृस्ति इकाईको आयोजनामा शनिबार आयोजित नवबर्ष २०७३ को शुभकामना आदानप्रदान, सम्मान तथा प्रशिक्षण कार्यक्रममा उक्त कुरा बोलेका हुन् ।
received_1175452912478656

कार्यक्रममा नेका कास्की जिल्ला सभापति कृष्ण केसी, सांसद बृन्दादेबी रानामगर, महाधिवेशन प्रतिनिधिहरु देबराज चलिसे, नरेश शंकर पालिखे, बिरेन्द्र नारायण बिजुक्छे, केशर निर्दोशि, क्षेत्रीय सभापति बिजयराज आचार्य, इकाईका पुर्ब सभापति रणबहादुर कार्कीलगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

आयोजकको तर्फबाट कार्यक्रम संयोजक श्रीबहादुर रानाभाटले कार्यक्रमको बारेमा बताउँदै धन्यवाद ग्यापन गरेका थिए ।

नेपाली कांग्रेसमा लामो समय पार्टी प्रती प्रतिबद्ध भइ कृयाशिल २७ जना अग्रज सदस्यहरुलाइ सम्मान पत्र, दोसल्ला र अबिरद्वारा सम्मान गरिएको थियोे ।received_1175453282478619

सो अबसरमा अखण्ड नेपाल पार्टीकि कास्की जिल्ला सदस्य रेणुदेबि ठकुरीसमेत अन्य पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गर्ने दुई सय ७३ जनालाई प्रमुख अतिथि प्रदीप पौडेलले खादा र अबिर लगाएर स्वागत गरेका थिए ।
received_1175452682478679

घर घरमा कांग्रेस टोल टोलमा संगठनका लागि गाउँ नगर जागरण अभियानका साथ आयोजना भएको सो कार्यक्रममा जिल्ला, क्षेत्र र इकाईका पदाधिकारी एंव सदस्यहरुको उल्लेख सहभागिता रहेको थियो ।

नेपाली कांग्रेस पोखरा २४ कृस्तीका सभापति धर्मराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कृष्णबहादुर रानाभाटले र स्वागत हस्तबहादुर थापाले गरेका थिए ।