बार्सिलोना च्याम्पियन्स लिग क्वार्टरफाइनलबाटै बाहिरीयो


बार्सिलोना/ डिफेण्डिङ च्याम्पियन बार्सिलोना एथ्लेटिको मड्रिडसँग पराजित हुँदै च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।पहिलो लेगमा २-१ को नतिजा निकालेको बार्सिलोना दोस्रो लेगमा ०-२ ले पराजित भए पछि क्वार्टरफाइनलबाटै बाहिरिएको हो। एथ्लेटिको मड्रिड समग्रमा ३-२ को नतिजा सँगै सेमिफाईनलमा प्रबेश गरेको छ।

एन्टोनिओ ग्रिजम्यानले दुई गोल गर्दै एथ्लेटिको मडि्रडलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्‍याएका छन् । ३६ औं मिनेटमा गोल गरेका उनले ८८ औैं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरे ।यता बेनिफिका माथि समग्रमा ३- २ को नजिता ल्याउँदै वायन म्युनिखले सेमिफाईनलको यात्रा तय गरेको छ।

च्याम्पियन्स लिगको सेमिफाइनलमा यस अघि रियल मड्रिड र म्यानचेष्टर सिटी पुगेका छन् । शुक्रबार सेमिफाइनलको ड्र हुनेछ ।