पर्बत समाज स्पेनको शुभकामाना आदानप्रदान कार्यक्रम सपन्न


बार्सिलोना/ नयाँ बर्षको उपलक्ष्यमा पर्बत समाज स्पेनले शुभकामना आदानप्रदान तथा परिचायत्मक कार्यक्रम सम्पन्न गरेको छ। स्पेन स्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरु र पर्वतेलीहरु बीच शुभकामाना साटासाट एबम सम्बन्ध प्रगाढ लागि भेटघाट कार्यक्रम भएको हो।

नयाँ बर्षको अबसरमा मंगलबार बार्सिलोनामा सम्पन्न कार्यक्रममा स्पेनबासी नेपालीहरुले एक अर्कामा शुभ- कामाना आदानप्रदान गरे।  गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निबर्तमान आईसीसी सल्लाहकार पुष्पराज तिमिल्सिना,निबर्तमान आईसीसी सदस्य दीपक खरेल लगायत स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरु बोल्दै नयाँ बर्षको अबसरमा शुभकामाना ब्यक्त गरे।

समाजका अध्यक्ष ओमर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव सन्तोष पौडेलले गरेका थिए। गत बर्ष डिसेम्बरमा एक भेलाले १९ सदस्यीय तदर्थ समिति सहित,पर्बत समाज स्पेन गठन भएको थियो। गठन पछि समाजले गरेको यो नै पहिलो औपचारिक कार्यक्रम हो।