सामीप्य समाजको विशेष साधारणसभा सम्पन्न


कृष्ण रानाभाट/पोखरा ।

सामीप्य समाज नेपालको विशेष साधारण सभा विविध कार्यक्रमको आयोजना गरि बिहिवार पोखरामा सम्पन्न भयो ।
received_1174186825938598

received_1174186762605271

received_1174186695938611

साधारण सभाको उद्घाटन ब्रम्हकुमारी अप्सरा दिदिले गर्नुका साथै सकारात्मक सोच सम्बन्धि प्रवचन दिनु भएको थियो।

सोही अबसरमा संस्थाका निबर्तमान अध्यक्ष कृष्णप्रसाद घिमिरेलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा समाजका सयभन्दा बढी सदस्यहरुको मधुमेह तथा रक्तचापको निशुल्क परिक्षण गरिनुका साथै नयाँ बर्ष २०७३ सालको शुभकामना आदानप्रदान पनि गरिएको थियोे ।

२०७३ साल बैशाख महिनामा जन्म दिन परेका सदस्यहरु आफैले मैन बत्ति बालेका थिए भने संस्थाका अध्यक्ष प्रा. डा. दिलबहादुर क्षेत्रीले उनिहरुलाइ पुष्प गुच्छा प्रदान गरि जन्म दिनको शुभकामना दिनुभएको थियो ।

समाजका संस्थापक अध्यक्ष डा. ध्रुव केसीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियोे भने पुर्व अध्यक्ष शुशिला केसी अधिकारीले कार्यक्रमको बारेमा आफ्ना अनुभुति र सम्मानित ब्यक्ति कृष्णप्रसाद घिमिरे मन्तब्य व्यक्त गरेका थिए ।

`सबैको लागि एक, एकको लागि सबै´ भन्ने मुल नाराका साथ २०५९ बर्ष अगाडि मर्दापर्दा सहयोग आदानप्रदान गर्न सकियोस् भन्ने मुख्य उद्देश्यले सामीप्य समाज नेपाल गठन भएको थियो ।

समाजका अध्यक्ष प्रा. डा. दिल बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष माधबशरण उपाध्यायले र महासचिव दिलिप शर्मा भट्टराईले संचालन गर्नु भएको थियो ।