हिमालले अन्जुलाई भने “जिन्दगीको प्राप्ति तिमी” (भिडियो सहित)


लण्डन/ गायक हिमाल सागरले गायिका अन्जु पन्तलाई आफ्नो “जिन्दगीको प्राप्ती” मानेका छन भने अन्जुले पनि हिमालसँग आफ्नो जिन्दगी सफल हुने घोषणा गरेकी छ्न। नयाँ बर्ष २०७३लाई स्वागत गर्दै उनीहरुले सार्वजनिक गरेको गीतको भाव यस्तै छ।

गीतकार नृपेश उप्रेतीको आहान अर्को खुशी एल्बमको प्रेमिल भावको यो गीतमा संगीतकार अर्जुन पोखरेलले प्रेमका सम्पुर्ण सांगीतिक रसहरु घोलेर कर्णप्रिय बनाएका छन। अनि गीतले व्यक्त गरेको प्रेमिल भावलाई पर्दामा उतारेका छन अहिलेका चर्चित म्युजिक भिडियो निर्देशक दिपेन्द्र केशीले।

जिन्दगीको प्राप्ती तिमी बोलको यो गीतको भिडियोमा अहिलेका चर्चित नायक अनुप बिक्रम शाही, सरला थापासँग रोमान्समा लिप्त भेटिन्छन्। यो म्युजिक भिडियोमा प्रस्तुति र लोकेशनलाई विशेष ध्यान दिइएको निर्देशक केसी बताउँछन् ।

पहिलो पटक गायिका पन्तसँग युगल गीत गाएका हिमालले गीत निकै राम्रो बनेको बताउँछन्। त्यसैगरी अन्जु पनि २०७३को लागि आँफूले आशा गरेको गीत भएर श्रोताहरुले मनपराउनेमा बिस्वस्त रहेको बताउँछिन्।