साईप्रसमा लाईभ म्युजिक धमाका (फोटोफिचर सहित)


बार्सिलोना/ साईप्रसका नेपालीहरुले बिबिध सांस्कृतिक कार्यक्रम सहित नयाँ बर्ष मनाएका छन। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसले नेपाली कलाकारहरु उपस्थितिमा सास्कृतिक कार्यक्रमको आयोजना गरे पछि नेपालीहरु धुमधाम साथ नयाँ बर्ष मनाएका हुन्।

“लाईभ म्युजिक धमाका” नाम दिईएको उक्त कार्यक्रममा गायक रोज मोक्तान,स्विटजरल्याण्डका गायक सुभाष सुन्दास र संगीतकार रामु परियारले भरपुर मनोरन्जन प्रदान गरे। कार्यक्रममा स्थानीय कलाकारहरुको जोडदार प्रस्तुतिले समेत नयाँ बर्षको रौनकता थप्यो।

साईप्रस स्थित अबैतानिक बाणिज्यदूत डा. रामजीवन पन्जियारको प्रमुख अतिथ्यता तथा संघका अध्यक्ष सुबास मल्लको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

तस्बिर:- बिरेन मगर12967397_1561440104153666_6073909297334122840_o12971048_1561444184153258_6604214589911284436_o12977048_1561443997486610_3831733246920973298_o12957469_1561437860820557_8000448113316738286_o12968163_1561437894153887_1806501718040189019_o