महयात्रा फिनल्याण्डमा सम्पन्न,झन्डै ५ हजार युरो संकलन


श्रवण खनाल / हेल्सिन्कि

फिन्ल्याण्डबाशी नेपालीहरुले २०७३ सालको नयाँ बर्ष हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेस्ठ हरिबंश आचार्य, गायिका मान्डबी त्रिपाठी लगायतका टोलीसँग मनाएका छन। कलाकारहरुको युरोप भ्रमणको अवसर पारेर एन आर एन फिन्ल्याण्डले अप्रिल १० मा राजधानी हेल्सिन्किमा आयोजना गरेको महयात्रा अनी शुभकामना साँझमा बाक्लो उपस्थिती जनाएर देशका गहनाहरु प्रति यहाँका नेपालीहरुले उच्च सम्मान गर्नु भएको छ।

झन्डै झन्डै ४०० दर्शकहरू उपस्थित रहेको उक्त कार्यक्रममा मह जोडीको प्रहशन , यमन श्रेस्ठको गीत अनि स्थानिय कलाकारहरुको जोड्दार् नाच प्रस्तुत् गरिएको थियो। यसका अलावा यूवायुबतिमाझ अति नै लोकप्रिय गायिका मान्डबी त्रिपाठीले आफ्नो सुमुधुर स्वरले कार्यक्रमस्थल तताइदिनु भयो।

सिम्पल सिम्पल कान्छिको डिम्पल पर्ने गाला जस्ता अति नै चर्चित गीतले गायिकालाइ आफ्नो प्रस्तुति अन्त्य गर्न हम्मेहम्मे परेको थियो। सात बर्षकी बहिनि सारिका अधिकारीको मनमोहक प्रस्तुति अनि सिरु लामिछाने, लक्ष्मि खरेल लगायतका स्थानिय बहिनिहरुको “चौबन्दि चोली अनि रातो घाँगरा” ले दर्शकहरुलाइ भरपुर मनोरन्जन प्रदान गरेको थियो।unnamed-11 टिकेट बिक्रिमा सुरुमा केहि उदासिनता देखिए पनी अन्तिम समयमा आएर हाउस फूल भएकोले धेरै दर्शकहरुलाइ फर्काउनु परेको कुरा एन आर एनका कोषाध्यक्ष टेकेन्द्र तिम्सिनाले बताउनु भयो। सँस्थाका सचिव भुवन पोखरेलले सन्चालन गर्नु भएको उक्त साँझ रास्ट्रिय गानबाट सुरु गरिएको थियो भने अधक्ष्य बालकृष्ण श्रेस्ठले स्वागत मन्तब्य दिनुभएको थियो।

महयात्रा नाम दियियेको उक्त कार्यक्रमबाट झन्डै ५हजार यूरो सँकलन भएको र उक्त रकम सस्थाँको बिभिन्न परियोजनामा खर्च गरिने कुरा कार्यक्रम समाप्ति सँगै बसेको बैठकले जनाएको छ।