नेदरल्यान्ड्समा मोज गर नाइट


आम्स्ट्रडाम/ नेदरल्यान्ड्समा स्थापना काल देखिनै बिबिध सांस्कृतिक र मनोरन्जनात्मक कार्यक्रम प्रदान गर्दै नेपाली समाजमा नेपाली संस्कृतिको जगेर्ना गर्दै आएको मोजगर डटकमको मुख्य आयोजना र एनआरएन नेदरल्यान्ड्सको सहआयोजनामा यो बर्षपनि नेपाली नयाँ बर्ष २०७३ को स्वागतार्थ आयोजना गर्न लगिएको “मोजगर नाइट २०७३” कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

“Night For Unite,Not For Divide” भन्ने मुख्य नाराका साथ यहि अप्रिल १३ तारिख बुधबार नेदरल्यान्ड्सको आम्स्ट्रडाममा कार्यक्रम हुन् लागेको हो ।यसपटकको कार्यक्रमको मुख्य आकर्षणको रुपमा जर्मन बाट पाल्नुहुने चर्चित डिजे सायूक र स्थानीय डिजे कालेको बिशेष प्रस्तुति रहने छन्। साथै अन्य स्थानीय नेपाली कलाकारहरुको समेत बिशेष प्रस्तुति र बेलुन फुटाल्ने कार्यक्रम रहने छन्।

कार्यक्रम समस्त नेदरल्यान्ड्सबासि नेपाली हरुको नाच्ने ,गाउने एउटै आँगन भएकोले कार्यक्रममा उपस्थित भै भब्य रुपमा सफल बनाउनको लागि नेदरल्यान्ड्समा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय र संघ संस्थाहरु संग आयोजकलेअनुरोध गरेको छ । कार्यक्रममा यसपटक भाग्यशाली बिजेता लाइ सामसुंग जे-सेभेन मोबाइल,१०० यूरोको सपिङ्ग भौचर,डिनर लगायतका आकर्षक पुरस्कार हरु रखिएको कार्यक्रम संयोजक राजु तमुले जानकारी दिए ।

हरेक बर्ष नेपाली नयाँ बर्षको अबशरमा मोजगर डटकमले एनआरएन संग सहकार्य गर्दै कार्यक्रम आयोजना गर्दै आइरहेको छ। यो बर्ष नेदरल्यान्ड्सको अलावा नेपाली हरुको बाख्लो बसोबास रहेको पोर्चुगलको लिस्बनमा समेत अप्रिल १७ तारिख नयाबर्ष कार्यक्रमको आयोजना गरिएको छ।

बिगतका बर्षहरुमा कार्यक्रममा हुने गरेका मन-मुटाब,झैँझगडा रोकथामको लागि यसपटक आयोजकले बिशेष स्वयमसेवक दस्ता समेत गठन गरेको छ।