“एक परिवार एक सदस्य” अभियान म्याड्रिडबाट सुरु


बार्सिलोना/ गैर आबासीय नेपाली राष्ट्रिय समन्वय परिषद स्पेनले एनआरएनए पंजीकृत सदस्यता बिस्तार गर्नका लागि कम्तिमा “एक परिवार एक सदस्य” अभियानलाई म्याड्रिडबाट सुरु गरेको छ। नेपाली नयाँ बर्षको अबसरमा क्षेत्रीय समिति म्याड्रिडले आयोजना गरेको नयाँ बर्ष बिशेष कार्यक्रमबाट सो अभियानको सुरुवात गरेको हो।

संघका अध्यक्ष मुक्त बहादुरले आँफुले कम्तीमा १ हजार पंजीकृत सदस्यता बनाउँने प्रतिबद्दता अनुरुप म्याड्रिड पुगेर अभियान सुरु गरेको जानकारी दिए। अभियान सँगै स्पेनका नेपालीहरुको तथ्याङ्क संकलनको लागि तयारी गरिएको प्रोजेक्ट बारे पनि कार्यक्रममा जानकारी गराईएको थियो। संघका प्रबक्ता सुबास रानाभाटले सो बारे जानकारी दिएका थिए।

“एक परिवार एक सदस्य” अभियानका लागि क्षेत्रिय समिति म्याड्रिडका लागि अध्यक्ष रोशन पाठकको अध्यक्षतामा समिति बनाईएको छ। समितिका सदस्यहरुमा जीवन प्रसाइ,ज्ञानेन्द्र खरेल,सुजिल गोले,उत्तर राई, दिलीप गुरुङ् र उपेस थापा मगर रहेका छन्। आबाश्यकता अनुसार सदस्य थपिने संघले जनाएको छ।

नयाँ बर्षमा बिशेष साँस्कृतिक कार्यक्रम

यसै बीच क्षेत्रीय समिति म्याड्रिडले नेपाली नयाँ बर्षको अबसरमा बिशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा म्याड्रिडबासी नेपालीहरुको उल्लेखेनिय सहभागिता रहेको थियो।

नेपाल लोक दोहोरी प्रतिष्ठान युरोप शाखाकि अध्यक्ष गायिका सुमी घिमिरे सापकोटा,गायक तुलसी शिवाकोटी लगायत स्थानीय कलाकारहरुले मनोरन्जन प्रदान गरेका थिए।

क्षेत्रीय समितिका अध्यक्ष रोशन पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागिता जनाउँन बार्सिलोनाबाट संघका सल्लाहकार दावा ऋषि श्रेष्ठ,कोषाध्यक्ष पेशल कोईराला,पत्रकार भोला लामिछाने,जीवन भुसाल लगायत पनि उक्त टोलि संगै सहभागी थिए।