बेलायतको प्रतिष्ठित सुपरस्टोरको विज्ञापनमा नेपाली महिला


लन्डन । बेलायतको प्रतिष्ठित सुपरस्टोरको विज्ञापनमा एक नेपाली महिलाले विज्ञापनमा खेल्ने अवसर पाएकी छन् । डुरामस्थित सुपरड्रग स्टोरमा कार्यरत आस्था भट्टराईले विज्ञापनमा खेल्ने अवसर पाएकी हुन् ।

बेलायतका करिब ८ सय स्टोरमा कार्यरत ब्यूटी थेरापिस्टहरुलाई उछिन्दै आस्थाले सो विज्ञापनमा खेल्ले अवसर पाएकी हुन् । सुपरड्रग बेलायतको दोस्रो ठूलो ब्यूटी एण्ड हेल्थसम्वन्धी प्रोडक्ट सामाग्री बिक्रेता हो । सन् १९६४ देखि यूकेको हाइस्ट्रीटमा आफ्नो ब्यापारको सुरुवात गरेको सो कम्पनी केही बर्षदेखि आफ्नै स्टोरभित्र ब्यूटीसियन सम्बन्धी सेवा विस्तार गरेको थियो ।

प्रिकिप्सन्, हेल्थ चेक, थेडिङ, लेजर हियर रिमुभललगायतको सेवा समेत प्रदान गर्ने सो स्टोरले बार्षिक करिब ४० मिलियन पाउण्ड आम्दानी गर्छ । काठमाडौं शंखमूल घर भएकी भट्टराईले आफूले यति ठूलो कम्पनीको विज्ञापनका खेल्ने अवसर आउला भन्ने कहिल्यै नसोचेको बताइन् । प्रशन्नता ब्यक्त गर्दै उनले आफै संलग्न संस्था भएकाले कामको मूल्यांकन गरेर आफूलाई छनोट गरेको बताइन् ।

विगत ४ बर्षदेखि ब्यूटिथेरापिस्टका रुपमा कार्यरत आस्थाले ब्यूटीसियन बेलायतमा लोकप्रिय र आत्मसन्तुष्टि मिल्ने पेशा भएको बताइन् । देख्दा सामान्य लागे पनि यो स्किल जव हो, यो काम जानेका मानिसले बेरोजार बस्नुपर्दैन, आस्थाले भनिन– ‘तालिम लिएर काम थाल्न सकिन्छ ।

सेल्फ इम्पोलोइको रुपमा काम गर्न पाइने भएकाले बालबच्चा हुने महिलाका लागि यो काम सहज हुन्छ ।’ उनले आफ्नो सुन्दरता भन्दा अरुको सुन्दरता देख्दा आफु दंग गर्ने गरेको बताइन् । नेपालकी चर्चित ब्यूटीसियन कमला श्रेष्ठसँग तालिम लिएकी आस्थाले बेलायत आएपछि थप ब्यूटिसियनको कोर्ष गरेकी छन् ।

तपाईको प्रतिक्रिया