कतारमा म्याग्दीका दिलबहादुर घर्तीको मुत्यु


नवराज विक

कतार/ बेनी नपा–१३ सोटा म्याग्दीका दिलबहादुर घर्ती मगरको कतारमा असामयिक निधन भएको छ । पाँच वर्ष अगाडि कतार आएका २८ वर्षीय घर्तीको घरायसी अवस्था कमजोर रहेको छ । घरमा श्रीमती, एक छोरा, एक छोरी, आमा, बाबा र तीन भाइबहिनी रहेका छन् । एक हप्तादेखि घर्तीको शव यहाँको हमाद अस्पतालमा राखिएको छ । शव नेपाल पठाउने तयारी भइरहेको गैरआवसीय नेपाली सङ्घ कतारका मजदुर विभाग संयोजक प्रेम रसाइलीले जानकारी दिनुभयो ।

म्याग्दीवासीको साझा संस्था मोना कतार शाखाले मृतक घर्तीको परिवारलाई आवश्यक बीमालयागत राहत उपलब्ध गराउन यहाँस्थित नेपाली राजदूतावासमार्फत सरकारलाई आग्रह गरेको छ । रासस