सफलताको हिस्सेदारी आफ्नो समाजलाई दिनु सवैभन्दा महत्वपूर्ण- शेष घले


मेलवर्न । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. शेष घलेले नेपालीहरुको पहिलो पुस्ता बिदेशमा संर्घष गरेर स्थापित भएको बताउँदै बिदेशमा पाएको व्यक्तिगत सफलताको लाभ र अनुभुति मातृभूमीले पनि पाउनुपर्ने बताएका छन् । सफलतासँगै त्यसको हिस्सेदारी आफ्नो समाजलाई दिनु सवैभन्दा महत्वपूर्ण रहेको भन्दै एनआरएन अध्यक्ष घलेले आफ्नो सफलताको प्रतिफल समाजमा कम अवसर पाएकाहरुसँग बाँढ्न आहृवान गरे ।

सफलताका लागि शिक्षा, परिश्रम तथा सही समयमा सही निर्णय जरुरी हुने भन्दै घलेले परिवार र साथीहरुको टीमवर्कले मात्र सफलता मिल्ने आफ्नो अनुभव रहेको बताए । साथै साथै घलेले बिदेशमा कार्यरत नेपालीहरुले कडा मिहिनेत र परिश्रम गरेर आफु कार्यरत मुलुकका साथै मातृभूमीका लागि समेत योगदान गरेको बताए ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको सवैभन्दा पुरानो संस्था ‘नेप्लिज एसोसिएसन अफ भिक्टोरिया’को अधिवेशन तथा अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घलेले अष्ट्रेलियामा रहेका हजारौं नेपालीहरुले कर तिरेर तथा दक्ष जनशक्तिका रुपमा काम गरेर अष्ट्रेलियाको अर्थतन्त्रमा टेवा पुर्‍याएको बताए ।

बर्ष अगाडी बिद्यार्थीका रुपमा आफु र आफ्नी पत्नी अष्ट्रेलिया आएर गरेको संर्घष स्मरण गर्दै अध्यक्ष घलेले भने-‘अष्ट्रेलियामा मनग्य अबसर भए पनि सांस्कृतिक रुपमा भिन्न परिवेशबाट आउँदा संर्घष गर्न कठिन हुने रहेछ । मैले त्यतिबेला आफुलाई चिन्न सफल भएँ अहिले सम्झिन्छु- आफुले आफैलाई बदल्न नसकेको भए आज कहाँ हुन्थेँ होला ?’
भिक्टोरिया राज्यका बहुसांस्कृतिक मन्त्री तथा छायाँ मन्त्रीको समेत उपस्थीति रहेको सो समारोहमा अध्यक्ष घलेले अष्ट्रेलिया नेपालीहरुका लागि ‘अबसरको भूमीका रुपमा रहेको बताए ।

अष्ट्रेलियाको प्रतिस्पर्धी समाजमा आफुलाई अब्बल सावित गरिरहेको नेपाली समुदायले आफ्नो मातृभूमीलाई परेको दुःखमा साथ दिएको उनले बताए । बैशाख १२ गते गएको बिनाशकारी भूकम्पका बेला अष्ट्रेलियामा कार्यरत नेपालीहरुले आर्थिक संकलन र स्वयंसेवक परिचालन गरेर उदाहरणीय काम गरेको छ । उनले भने-‘त्यसमध्ये झण्डै ३ लाख अष्ट्रेलियन डलर नेपलिज एसोसिएसन अफ भिक्टोरियासँग आबद्ध र भिक्टोरियामा रहेका नेपालीहरुले संकलन गरेर सहयोग गरेकोमा म सबैलाई धन्यबाद दिन चाहन्छु ।

गैरआवासीय नेपाली संघले भूकम्पपीडीतका लागि १ हजार घर बनाउने तयारी गरिरहेको जानकारी दिँदै घलेले सरकारले अनुमति दिनासाथ काम तीब्ररुपमा अघि बढ्ने भएकालेे भिक्टोरियास्थित नेपाली समुदायबाट राहत वितरणका बेला जस्तै स्वयंसेवक परिचालनका सक्रियताको अपेक्षा गरेको बताए ।-onlinekhbar