एनआरएनए प्रमुख संरक्षकको उपस्थितिमा अमेरिकामा अन्तरक्रिया


विजय थापा
अमेरिका । अमेरिका भ्रमणमा रहेका एनआरएन अन्तराष्ट्रिय समन्वय परिषदका प्रमुख संरक्षक तथा निवर्तमान अध्यक्ष जीवा लामिछानेले झिना मसिना विवादमा अल्झिएर एनआरएनको लक्ष्य प्रभावित बनाउन नहुँने बताएका छन् ।

न्युयोर्कमा एनआरएनएनसीसी युएसएको पहलमा भएको भेटघाट तथा अन्तक्रिर्यालाई सम्बोधन गर्दै संरक्षक लामिछानेले एनआरएनको यात्रा, उदेश्य, उपलब्धि र दायित्व माथि प्रकाश पार्दै सुसुचित समाचारले एनआरएनका नीति, कार्यक्रम र भावी कार्ययोजनामा थप उर्जा प्रदान गर्ने धारणा राखे ।

संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेलको अध्यक्षतामा आयोजित कार्यक्रममा अमेरिकाका लागि नेपाली महावाणिज्यदूत नारायण मैनाली, वाणिज्यदूत क्रिशु क्षेत्री, उप वाणिज्यदूत प्रवीण भट्टराई, एनआरएनएनसीसी, युएसएका निवर्तमान अध्यक्ष एवं एनआरएनआइसीसी सदस्य खगेन्द्र जीसी, प्राज्ञ हरिवहादुर थापा, डा. विनोद शाह लगायतको उपस्थिति थियो ।12936583_502909866584285_7420867506108485865_nएनआरएनएनसीसी युएसएका निवर्तमान अध्यक्ष खगेन्ऽ जिसीले एनआरएनको अभियान एकपटकको नेपाली सधैंको नेपाली र संविधान प्रदत्त अधिकार माथि प्रकाश पारेका थिए । अध्यक्ष डा. केशव पौडेलले आफु कार्यक्रममा अनुपस्थित रहेपनि स्वागत सन्देश एवं कार्यक्रम सफलताको शुभकामना प्रेषित गरेका थिए ।

कार्यक्रममा उपस्थित विशिष्ट अतिथि, सञ्चारकर्मी शैलेश श्रेष्ठ, संचालक समितिका हरिश्चन्द्र हमाल, नेपाली जनसम्पर्क समितिवाट मुनिन्ऽ नेम्वाङ आदिले आˆनो मन्तव्य र एनआरएनको भुमिकावारे प्रकाश पारेका थिए ।

सभाका सभापति कृष्ण पोख्रेलले एनआरएनएनसीसी युएसए नेपाल र नेपालीका हितमा हुने सबै कार्यमा हातेमालो गर्न तत्पर रहेको बताए ।