बार्सिलोनामा महजोडीका लागि तयारी तिब्र (प्रोमो सहित)


बार्सिलोना / नेपाली जनसम्पर्क समिति स्पेनले मह जोडीको बिशेष प्रस्तुती सहित साँस्कृतिक साँझको तयारी तिब्र पारेको छ। नेपाली नयाँ बर्षको उपलक्ष्यमा समितिले स्पेनमा पहिलो पटक महजोडी मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्यलाई ल्याउँन लागेपछि तिब्र गतिमा तयारी गरिएको हो।

युरोप टुरमा आउँन लागेका महजोडीको प्रस्तुती आउँदो अप्रील १७ तारिख बार्सिलोना स्थित बेसोसमारमा हुँदैछ। महजोडीको साथमा नरेन्द्र कंसकार,मोहित आचार्य,माण्डवी त्रिपाठी,यमन श्रेष्ठ सहितका कलाकारहरु बार्सिलोना आउँदै छन्।

कार्यक्रमको संयोजन गरिरहेका सुबास बहादुर बिष्टले मह जोडीका लागि तयारी तिब्र गतिमा भईरहेको र लगभग अन्तिम चरणमा पुगिसकेको जानकारी दिएका छन्।

कार्यक्रमबारे पूर्ण बिबरण प्रोमोबाट

मिति :- १७ ,अप्रिल आईतबार,२०१६
समय:- दिउँसो ४ बजे
स्थान:- MARSE FORUM, L4, CALLE JOSEP PLAZA,40
टिकट:- १२ युरो (साधारण)

आयोजक:- नेपाली जनसम्पर्क समिति स्पेन

नोट:- तिन जना भन्दा माथिको परिबारलाई टिकट शुल्क ३५ युरो र १५ बर्ष मुनिका लागि निशुल्क