मेलानको तेस्रो पुर्ण बैठक पोखरामा


कृष्ण रानाभाट/पोखरा ।

स्वास्थ्य प्रयोगशालाकर्मी हरुको संस्था मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) को तेस्रो पुर्ण बैठक पोखरामा सुरु भएको छ ।

मेलानका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद रिजालको अध्यक्षतामा भइरहेको सो बैठक मा पाँच बिकास क्षेत्र र ४७ जिल्लाका प्रतिनिधिहरुको उपस्तिथि रहेको छ ।

बैठकमा महासचिव राजेन्द्र खड्काले स्वास्थ्य प्रयोगशाला क्षेत्रलाई गुणस्तरीय, जनपक्षीय बनाउदै यस क्षेत्रमा कार्यरत स्वास्थ्य प्रयोगशाला कर्मीहरुको पेशागत हकहितको सुनिश्चितता सम्बन्धमा पेश गरेको कार्यपत्र माथी छलफल भएको थियो ।

शनिबारसम्म संचालन हुने बैठक मेलानका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद रिजालको अध्यक्षतामा भएको छ भने संचालन सचीव केदार प्रसाद मुडभरीले गरेका थिए ।