अन्तर्राष्ट्रिय टेबुलटेनिस महासंघका उपाध्यक्ष टेप्परको पोखरामा स्वागत


कृष्ण रानाभाट/पोखरा ।

कास्की जिल्ला टेबलटेनिस संघले शुक्रबार अन्तर्राष्ट्रिय टेबुलटेनिस महासंघका उपाध्यक्ष टेप्परको पोखरामा स्वागत गरेको छ ।

received_1170354069655207

received_1170356652988282

संघका अध्यक्ष उत्तम जोशीले भदगाँउले नेपाली टोपी, मखमली फुलको मालाले स्वागत गरेका थिए ।

महासंघ उपाध्यक्ष ग्लेन टेप्परले अपांग, जुनियर तथा सिनियर टेबलटेनिस खेलका पारखी युवाहरूलाई टेबलटेनिस खेल्न सिकाएका थिए ।

उनलेे आउँदो आइतबार पनि अपांगलाई तीन घन्टा र जुनियर खेलाडीहरु लाई दुई घन्टा तालिम दिने पनि बताए ।

संघका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सदस्य निर्मल सोतीले गरेका थिए ।