पर्बत समाज स्पेनले,नयाँ बर्षमा शुभकामना आदानप्रदान गर्दै


बार्सिलोना/ नयाँ बर्षको उपलक्ष्यमा पर्बत समाज स्पेनले शुभकामना आदानप्रदान तथा परिचायत्मक कार्यक्रमको आयोजना गर्ने भएको छ। स्पेन स्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरु र पर्वतेली बीच शुभकामाना साटासाट एबम सम्बन्ध प्रगाढ लागि भेटघाट कार्यक्रमको आयोजना गर्न लागेको समाजले जनाएको छ। आगामी अप्रिल १२ तारिख मंगलबार बार्सिलोनामा कार्यक्रमको आयोजना गरिएको हो।

समाजका अध्यक्ष ओमर गुरुङले स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुलाई पत्राचार गरिसकेको बताए। उनले भने,”भर्खर स्थापना भएको समाजले गरेको,यो पहिलो औपचारिक कार्यक्रम, नयाँ बर्षमा अबसरमा गर्दै छौ, संघ संस्थाका प्रतिनिधीहरुलाई सहभागी बनेर आत्मियता साट्न अनुरोध गर्दछु।”

स्पेनमा रहेका सबै पर्वतेली नेपालीहरुलाई कार्यक्रममा उपस्थित हुन समाजले आह्रबान गरेको छ। गत बर्ष डिसेम्बरमा एक भेलाले गुरुङकै अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति सहित,पर्बत समाज स्पेन गठन भएको थियो।

कार्यक्रम बारे पूर्ण बिबरण

मिति- १२ अप्रिल मंगलबार
स्थान -ओला नेपाल रेष्टुरेन्ट
समय – राति ९ बजे बाट सुरु
आयोजक – पर्बत समाज स्पेन