महजोडीको टिम युरोप आईपुग्यो,नर्बेबाट महयात्रा सुरु


बार्सिलोना / नयाँ बर्षको उपलक्ष्यमा बिबिध साँस्कृतिक कार्यक्रम सहित, मह यात्राका लागि,महजोडी मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य सहितको टिम युरोप आईपुगेको छ। गैर आवासीय नेपाली संघ, वुमन वेलफेर च्यारिटीको सहयोगार्थ युरोप यात्रामा निस्केको टोलि बिहिबार नर्बे आईपुगेको हो।

युरोपमा मह यात्रा अप्रिल ९ तारिख शनिबार नर्बेको ओस्लोबाट सुरु हुँदै छ। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नर्बेले आयोजना गर्न लागेको कार्यक्रममा महजोडी साथमा नरेन्द्र कंसकार,मोहित आचार्य,माण्डवी त्रिपाठी,यमन श्रेष्ठ लगायतका कलाकारहरुले प्रस्तुती राख्ने भएका छन्। नेपाली नयाँ बर्षको अबसरमा मह जोडीले नर्बे बाहेक स्पेन,फिनल्याण्ड,डेनमार्क,पोल्याण्ड,स्विडेन,जर्मनी,फ्रान्स,स्बिजरल्याण्ड,बेल्जियम लगायतका मुलुकहरुमा कार्यक्रम गर्दै छन्।

यसै बीच नेपाली जनसम्पर्क समिति स्पेनले पनि अप्रिल १७ तारिख बार्सिलोनामा महजोडीको साथमा बिशेष कार्यक्रमको आयोजना गरेको छ।