म्याग्दीका मृगौला पिडित गुरुङलाई, स्बिडेनबाट ६ लाख रुपैयाँ सहयोग


बार्सिलोना / म्याग्दी कामडाडा निवासी तेजेन्द्र गुरुङ्लाई स्वीडेनका नेपालीहरुले आर्थिक सहयोग गरेका छन्। दुवै मृगौलाले काम गर्न छाडेर,उपाचारका लागि आर्थिक अभाव भए पछि स्विडेनका नेपालीहरुले गुरुङलाई सहयोग गरेका हुन्।

पहिलो चरण अन्तर्गत गुरुङको उपाचारको लागि ६ लाख ६ हजार २ सय तिन रुपैया नेपाल पठाईएको तथा रकम संकलन कार्य जारी रहेको सहयोग अभियान कर्ता  बब खडकाले (असोक ) जानकारी दिए।

बेनी नगरपालीका वडा नं. १३ कामडाडा निबासी ३९ का गुरुङका दुबै मृगौलाहरुले काम गर्न छाडे पछि उपाचारका लागि सहयोगको याचना गरेका छन्। आर्थिक अभाव देखिए पछि उनका शुभ चिन्तकहरुले प्रबासबाट रकम जुटाईरहेका छन्।

स्विडेनमा भएको रकम संकलन अभियानमा,हरी चन्द्र तामाङ् प्रेम गुरुङ्, मनोज सुवेदी असोक िगरी, प्रदिप केसी, प्रमानन्द न्यौपाने लगायतले सहयोग गरिरहेका छन्। यही अप्रिल १ तारिख संकलित रकम गुरुङ्की धर्मपत्नी सुनीता गुरुङ्को,बेनी स्थित काष्ष्ठमण्डप डिपलभमेन्ट बैक स्थित खाता नं. ००३१०५०००१३९११ ०००००१ मा रकम पठाईएको अभियान कर्ता खड्काले जानकारी दिएका छन्।