एनआरएनए स्पेनको नियमित बैठकले गरेका निर्णयहरु:-


गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय समिति स्पेनको अप्रिल महिनाको नियमित बैठक ४-४-२०१६ का दिन संघका अध्यक्ष श्री मुक्त बहादुर गुरुङ को अध्यक्षतामा संघको कार्यालयमा बस्दै निम्न निर्णय सहित सम्पन्न भयो ।

संघको कार्यालय ब्यबस्थापन उप समितिका संयोजक श्री राम प्रसाद सापकोटा बिराज ज्यु ले प्रस्तुत गर्नु भएको संघको कार्यालय लाइ ब्यबस्थित गर्ने कार्ययोजना, नियमित रुपमा खुल्ला राखी सम्पूर्ण स्पेनबासि नेपाली हरुलाई सेवा प्रदान गर्नको लागि बनेको ७ जनाको समिति साथै तथ्याङ्क संकलन समितिका संयोजक श्री दिपक क्षेत्री ज्यु ले प्रस्तुत गर्नु भएको आ आफ्नो उप समिति लाइ बैठकले अनुमोदन गर्यो भने संघका कोषाध्यक्ष श्री पेशल कुमार कोइराला ज्यु ले संघको आर्थिक आवस्थाको बारेमा सम्मानित बैठक लाइ जानकारी गराउनु भएको थियो ।

अर्को प्रस्ताब उपर छलफल गर्दै नियमित बैठकले संघको पंजीकृत सदस्यता खुल्ला गर्दै स्पेनको हरेक नेपाली हरुमा पंजीकृत सदस्यता पुर्याउन हरेक क्षेत्र बाट सक्दो कोसीस तथा अभियान संचालन गर्ने निर्णय गर्दै क्षेत्रीय समिति म्याड्रिड लगायत अन्य क्षेत्रीय समिति बाट सुरु गर्ने निर्णय गरियो ।

स्पेनमा नेपाली दुताबासको स्थापनाको माग राख्दै नेपाल सरकार को परराष्ट्र मन्त्रालय लगायत अन्य मन्त्रालय तथा राजनैतिक पार्टी हरुमा पेश गरेको ज्ञापन पत्रको बारेमा नेतृत्व कर्ता एकराज गिरि ज्युले बैठक लाइ जानकारी गराउदै दुताबासको स्थापना लगायत अन्य प्रक्रिया नेपाल सरकारले गम्भीरता साथ् लिएको जानकारी गराउनु भयो ।

यसैगरी बैठकले गैर आवाशीय नेपाली संघबाट विभिन्न टास्क फोर्स (कार्य दल ) मा मनोनित हुनुभएका संघ आइ सी सी सदस्य श्री एकराज गिरि ज्यु, निवर्तमान आइ सी सी सदस्य श्री दिपक खरेल ज्यु नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष श्री शालिकराम डुम्रे,नेपाली नेपाली डटकम का बसन्त रानाभाट साथै गायन कलाकारिता तर्फ बेल्जियम स्थित एक संस्थाले सम्मान गरेको यस संघका सदस्य श्री तुलसी सिवाकोटी ज्यु हरुलाई संघको सम्पूर्ण परिवारले हार्दिक बधाई ज्ञापन गर्दै टास्क फोर्स मा रहनु हुने सम्पूर्णलाइ सफल कार्यकालको शुभकामना ब्यक्त गर्यो ।

नेपाली नयाबर्ष २०७३ को अवसरमा शुभकामना आदान प्रदान तथा संस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको नेपाली जन सम्पर्क समिति स्पेनलाइ सफलता पुर्बक कार्यक्रम सम्पन्न गर्न आवश्यक सहयोग गर्ने तथा कार्यक्रमको प्रयोजन गर्ने निर्णय गर्दै लांगताङ्ग पुनर्निर्माण समूह ले संचालन गरेको कार्यक्रममा पनि उल्लेख्य रुपमा नेपाली साथि भाइ हरुलाई उपस्थितिको लागि अनुरोध गर्यो ।

अन्त्यमा संघका सल्लाहकार श्री यज्ञ नारायण पौडेल ( रमेश आशिक) ले व्यक्तिगत व्यस्तताको कारण देखाई आफ्नो पद बाट दिनुभएको राजिनामा स्वीकृत गर्यो । तत्पश्चात संघमा प्राप्त सहयोगको याचनाको निबेदन उपर उपाध्यक्ष श्री गौतम गुरुङ ज्युको संयोजकत्वमा समिति गठन गरि यथासक्य चाडो सहयोग संकलनकर्ता मार्फत मकवानपुर जिल्ला स्थित दुवै मृगौला ले काम गर्न छोडेर जीवन मरणको दोसाधमा रहेका मयुरधापका राजन ढुंगानालाइ हस्तान्तरण गर्ने निर्णय गर्दै बैठक सम्पन्न भयो ।

उमेश अधिकारी
महासचिब
एन आर एन ए स्पेन

तपाईको प्रतिक्रिया