क्वार्टरफाइनलको पहिलो लेगमा रियल मड्रिड पराजित


च्याम्पियन्स लिग फुटबल क्वार्टरफाइनलको पहिलो लेगमा जर्मन क्लब वोल्फ्सबर्गले रियल मड्रिडलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा वोल्फ्सबर्गले १० पटकको विजेता रियल मड्रिडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

च्याम्पियन्स लिग फुटबल क्वार्टरफाइनलको रियलले २००४ पछि पहिलो पटक हार व्यहोरेको हो । र, सेमिफाइनलमा स्थान बनाउन घरेलु मैदानमा हुने दोस्रो लेगमा उत्कृष्ट पुनरागमनको जरुरी छ ।

घरेलु मैदानमा भएको खेलमा वोल्फ्सबर्गले १८ औं मिनेटमा रिकार्डो रोड्रिग्वेजको पेनाल्टी गोलबाट अग्रता लिएको थियो। केसस्मिरोले आन्द्रे सुर्लेलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

रियल मड्रिडको कमजोर डिफेन्सको फाइदा उठाउँदै म्याक्स अर्नोल्डले २५ औं मिनेटमा अग्रता दोब्बर पारे । खेलमा थप गोल हुन सकेन र वोल्फ्सबर्ग विजयी भएको छ ।