डरलाग्दो ट्युमर भएका श्रेष्ठलाई नेदरल्यान्ड्सबाट सहयोग


नेदरल्यान्ड्स/ न्युरोफोबिमाटोसिस रोग बाट पिडित अशोक श्रेष्ठलाई नेदरल्यान्ड्समा सक्रिय विभिन्न सामाजिक संघसंस्था र व्यक्तिहरुले दोस्रो चरणमा पनि आर्थिक सहयोग गरेका छन् ।

दोस्रो चरणको सहयोग अन्तर्गत एनआरएन,प्रबासी नेपाली एकता समाज,एनएसएन लगायत विभिन्न सामाजिक संघ संस्था र व्यक्तिहरु बाट संकलित करिब १,११,७४० रुपैया पिडित श्रेष्ठको सहयोगको लागि नेपाल पठाईएको प्रबासी नेपाली एकता समाजका अध्यक्ष बिक्रम बानियाँले जानकारी दिए।

यस अगाडी पनि उनको सहयोगको लागि पठाईएको करिब २३० युरो रकम हस्तान्तरण गरिसकिएको बानियाँले बताए ।  श्रेष्ठ लामो समयदेखि न्युरोफोबीमाटोसिस रोगबाट पिडित छन् । आर्थिक अभाबमा उनको उपचार हुन् सकेको छैन।

को हुन् अशोक श्रेष्ठ ?

बारा जिल्लाको परवानिपुरमा ०१७ सालमा जन्मेका अशोक १ वर्षको हुँदा आँखामा खटिरा आयो । त्यो सुरुमा सानो थियो । बढ्दै-बढ्दै ठूलो हुन थाल्यो । पाटन अस्पतालमा विदेशी डाक्टरले उनको शल्यक्रिया गरे । रोगको पहिचानका लागि ट्युमरको टुक्रो बेलायतसमेत पठाइयो तर नेपालमा उपचार सम्भव देखिएन ।

अशोकका बुबा २०६३ सालमा बिते । बुवा बितेपछि उनलाई मानसिक तनाव भयो । उनी आफैँ बिरामी थिए । ट्युमर पनि बढ्दै गयो । शारीरिक रुपमा कमजोर हुँदैजाँदा घर-परिवारको जिम्मेवारीहरु सम्हाल्नुपर्ने भयो । बुबा सरकारी जागिरे भएकाले उनी हुँदासम्म अशोकको जीवन अलिक सहज थियो । तर बुवा बितेसँगै उनी बेसहारा बने ।

यदि यो पीडा पर्याप्त थिएन भने बुबा बितेको केही दिनभित्रै पक्षघातले थलिएकी आमा पनि बितिन् । त्यसपछि त घर-परिवार सम्हाल्ने कि आफूलाई सम्हाल्ने ? उनी ठूलो विपत्तिमा परे । कुनै रोजगारी गर्न वा विदेश जानका लागि स्वास्थ्य अवस्था ठीक थिएन । बिहे गर्नका लागि पनि कसले पत्याउने । उनी एक्लो भएर भौँतारिदै हिँड्न थाले । पैदलयात्रीले दया गरी दिएको दुई, चार रुपैयाँले पेट भर्न थाले ।

अशोक बाल्यकालमा निकै मेहनती थिए । उनले स्नातकसम्मको अध्ययन पनि गरेका छन् । धोबिघाटमा भाडाको सानो कोठामा एक्लै बस्छन् । उनलाई कम्प्युटरसम्बन्धी राम्रो ज्ञान छ । अखबारहरू पढ्छन् । आफूमा असामान्य केही पाउँदैनन् । तर, अरुका लागि उनी असामान्य छन् । उनलाई देख्नेहरु कुनै दुर्लभ जीव देखेजसरी मोबाइलमा तस्बिर कैद गर्न थाल्छन् । कसैले बोक्रे सहानुभूति देखाउँछन् । दुवै व्यवहार उनलाई रुचिकर लाग्दैनन् । त्यसैले महत्त्वपूर्ण काम नपरेसम्म अशोक सकरभर कोठाबाट बाहिरै निस्किँदैनन् ।

जागिर वा कुनै दैनिक आम्दानी नभएपछि खान, बस्न समस्या हुने नै भयो । त्यसैले अशोक सहयोगी मनहरुको दयामायाले बाँचिरहेका छन् । उनी सम्भव भएसम्म आफ्नो उपचार गर्न चाहन्छन् । त्यसका लगि कुनै संघ-संस्थाले पहल गरिदिए हुन्थ्यो भन्ने लाग्छ उनलाई । नत्र करोडौँ रकम कुनै ठट्टा होइन । उपचारका पर्याप्त सहयोग प्राप्त हुन नसकेमा उठेको सबै रकम अन्य बिरामीका लागि खर्च गर्ने उनको चाहना छ ।

उपचार सम्भव छ

अशोकको आँखाबाट सुरू भई अनुहारसम्मै ढाकेको मासुको डल्लालाई चिकित्सीय भाषामा ‘न्युरोफोबिमाटोसिस प्लेक्सिर्फम’ -एनएफ टाइप १) भनिन्छ । यो दुख्दैन । अमेरिकास्थित सेन्ट जोसेफ अस्पतालका डाक्टर म्याककिननका अनुसार अशोकको ट्युमरको उपचार अमेरिकामा सम्भव छ, तर यसका लागि २ करोड ५० लाख रुपैयाँसम्म चाहिन्छ । हुन त राम्रो पहल र सम्पर्क गर्न सके उनको उपचार निःशुल्क हुन सक्ने सम्भावना पनि छन्, तर अशोकले त्यो माध्यम अहिलेसम्म पहिल्याउन सकेका छैनन् ।

सामान्य सिटामोलको र जीवनजलको अभावमा झाडापखला र ज्वरोका बिरामी मर्नुपर्ने देशमा उनको यति महँगो उपचार कसले गरिदेला ? सामाजिक सञ्जालमा उनीबारे चर्चा हुन थालेपछि केही रकम जुटेको छ । ‘गो फन्ड मी’ मार्फत युकेमा रहेका दुर्गा गुरुङ, क्रिष्टिना र अमेरिकाबाट ‘मुखिया’ ले सहयोग गरेको अशोक बताउँछन् । उनी भन्छन्, ‘मैले भिडियो बनाएर सामाजिक सञ्जालमा राखेपछि धेरैको ध्यान तानियो । अहिलेसम्म करिब २२ लाख उठिसकेको छ । त्यसमा अझै २ करोड थप्नुपर्ने छ ।’

सहयोगका लागि

अशोकले आफ्नो उपचारार्थ रकम संकलनका लागि बैंक खाता नम्बर पनि सञ्चालनमा ल्याएका छन् । बैंक अफ काठमान्डुको बचत खाता नम्बर ०५११-०००-३६९६१ र ग्लोबल आईएमई बैंक डिल्लीबजारको बचत खाता नम्बर ३२०-७०१-०००-२२०८ मा जो कसैले इच्छाअनुसार सहयोग गर्न सक्छन् । अशोकसँग सीधा सम्पर्कका लागि उनको मोबाइल नम्बर ९८४१५३०७४१ रहेको छ । उनको इमेल हो, ashokshresha@gmail.com

 

नेदरल्यान्ड्सबाट सहयोग गर्नेको नामावली

१) एनआरन नेदरल्यान्ड्स १००
२) नेपाल समाज नेदरल्यान्ड्स १००
३) राम बुढाथोकी ( अध्यक्ष- नेपाल समाज नेदरल्यान्ड्स ) १००
४) नेपाली यूथ नेदरल्यान्ड्स १००
५) बिक्रम बानियाँ (अध्यक्ष – प्रबासी नेपाल एकता समाज नेदरल्यान्ड्स) ६०
६) केशब राज पाण्डे ( बरिष्ठ उपाध्यक्ष- एनआरन- नेदरल्यान्ड्स) ५१
७) हिमाल गुरुङ ( अध्यक्ष-एनआरन नेदरल्यान्ड्स) ५०
८ ) सुनील गुरुङ ( निबर्तमान अध्यक्ष गुरुङ समाज नेदरल्यान्ड्स ) ५०
९ ) प्रबासी नेपाल एकता समाज नेदरल्यान्ड्स ५०
१० ) हरि बराल ३०
११ ) थानेश्वर कडेल २५
१२) ठाकुर प्रसाद शर्मा ( मनोहरि ) २५
१३ ) राजु ( मिडास ) थापा २५
१४ ) झलक बिक्रम जी. सी. २१
१५ ) कृष्ण गुरुङ २०
१६ ) कृष्ण कार्की २०
१७ ) फणिन्द्र पन्त २०
१८ ) प्रेम सिंह गुरुङ २०
१९ ) टिका राम सापकोटा १५
२0 ) प्रेम काजी गुरुङ ( मनु) १५
२१ ) बिष्णु बास्तोला १०
२२ ) निरज आचार्य १०
२३ ) याम बहादुर सिंजाली १०
२४ ) रेशम गुरुङ