अक्षयकोष निर्माणमा जुटे गोर्खाली


दोहा/ रोजगारीको सिलसिलामा कतारमा आएका गोर्खावासी यतिखेर गृह जिल्लामा अक्षयकोष निर्माणमा जुटेका छन् ।

भूकम्पबाट प्रभावित सामुदायिक विद्यालयको पुनःनिर्माण तथा भूकम्पबाट पीडित गरिब, दलित, अनाथ, असहाय र अशक्त बालबालिकालाई शैक्षिक सामग्री सहयोग गर्ने उद्देश्यले उनीहरु अक्षयकोष निर्माणमा जुटेका हुन् । उनीहरुले यस अभियानमार्फत करिब रु १२ लाख बढी रकम सङ्कलन गरेका छन् ।

नेपालमा गोर्खा सेवा समाज अध्यक्ष सुदर्शन भट्टले साझा भावनाले प्रवासबाट सक्रियता बढाउँदा सबैको सहयोग र सद्भाव पाएकामा खुसी व्यक्त गर्नुभयो । रासस

तपाईको प्रतिक्रिया