प्रदेशी पिपलधारे युवाले गाउँमा एम्बुलेन्स दौडाउँदै


अर्जुन खनाल /नयाँ दिल्ली 

गास ,बास र कपासको खोजिमा प्रदेशियका युवाहरुले प्रदेशबाटै आफ्नो खाजा खर्च कटौती गरेर अनलाइन मार्फत संस्था गठन गरि नेपालको गुल्मी जिल्लामा पर्ने पिपलधारा गाविसमा एम्बुलेन्स हस्तान्तरण गरेका छन ।सदमुकाम तम्घासदेखि झण्डै २२ किलोमिटर पश्चिम रहेको पिपलधारा गाविसका युवाहरुको सक्रियतामा गाउले एम्बुलेन्स पाएको छ।

पिपलधारा चौतारी सम्पर्क समिति विश्व संजाल गुल्मी नामक संस्था मार्फत उनिहरुले विभिन्न देशबाट रकम जम्मा गरि विजया दशामीकै अवसर पारेर एम्बेलेन्स डेमो मर्फत हस्तान्तरण गरेका थिए । लामो समय देखि नाकाबन्दीको चपेटामा उक्त एम्बुलेन्स पनि बिरगंज नाकामा रोकिएको थियो ।

त्यो बेला हस्तान्तरण कार्यक्रम तय भैसकेको हुनाले विभिन्न देशहरुबाट संस्थाका पदाधिकारी पनि गैसकेको हुनाले डेमो मर्फत पिपलधारमा रहेको स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्दै सो संस्थाका महासचिव कृष्ण खनालले अव कुनै पनि गाउले दाजु भाई तथा दिदिवहिनीले तत्काल उपचार नपाएर मृत्यु भएको खवर सुन्न नपर्रोस भन्दै कामना पनि गर्नु भएको थियो ।

झण्डै ११ लाखको लागतमा गाउमा एम्बुलेन्स भित्रिएको बताउर्दै संस्थाका अध्यक्ष कमल जिसीले आफुहरु परदेशमा रहेपनि गाउको मायाले सताई रहने भन्दै त्यहि माया स्वरुप गाउका लागि एम्बुलेन्स खरिद गरिएको बताउनु भयो । गाविसमा एम्बुलेन्सको महशुस गरेर समाजिक संजाल वाट्सफमार्फत गाविसका युवाहरुले यो अभियानमा साथ दिएका हुन् ।

उक्त अभियानमा संजालमार्फत स्वदेशी तथा विदेशी नागरिकहरुले पनि सहयोग प्रदान गरेका थिए । पिपलधारा गाविसमा बिजया दशमीको अवसर पारी कार्यक्रमको अयोजना गरेर उक्त एम्बुलेन्सको डेमो गुल्मी क्षेत्र न ३ का सांसद गोकर्णराज विष्टको आतिथ्यतामा हस्तान्तरण गरिएको थियो । पीपलधारा स्वास्थ्य चौकीका प्रमुख प्रेम खनाल र व्यवस्थापन समितिका अध्यक्ष हरि वहादुर थापालाई संयुक्त रुपमा एम्बुलेन्सको चावी हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सांसद विष्टले विदेशीको मुख ताक्नुको सट्टा सबै नागरिक मिलेर पनि पुर्वाधारहरु खाडा गर्न सकिने नमुना पिपलधाराका युवाले पेश गरेको बताएका पनि थिए ।

लामो समयको प्रतीक्षा पछि एम्बुलेन्स बुटवल आएपछी सबै कार्य पूरा गरि एम्बुलेन्सको पुजा गर्न भनी बुटवलको प्रसिद्ध मन्दिर शिद्दबबामा सनिवार लगिएको थियो ।बुटवलका पत्रकार बिक्रम खड्काले फेसबुक मार्फत एम्बुलेन्सका फोटा खिचेर राखे लगत्तै केही छिनमै संस्थाका पदाधिकारी ,सदस्य एवम गाउलेले सामाजिक संजाल फेसबुक मर्फत खुसी व्यक्त गर्दै केही बेर भाईरल समेत बानाएका थिए ।

आफू हुर्केको खेलेको माटोको त्यतिबेला माया लाग्दो रैछ जब प्रदेशमा आएर अर्काको गुलाम गरेर बस्नु पर्ने बाध्यता हुन्छ तब मात्र हामिले पनि केही गर्नु पर्छ भन्ने भावना उत्पन्न हुदो रैछ हामी सबै मिलेर सामाजिक संजाल व्हाटएप्स मर्फत जोडियौ, हामीले आफ्नो गाउँ आफै बनाउ भन्ने हिसाबले सनो रकम मार्फत सुरु गरेका हौ ऐले आएर हामीले गाउँको स्वास्थ चौकिलाई एम्बुलेन्स डेमो मर्फत त गरेका हौ अब एउटा सानो कार्यक्रमको आयोजना गरि यहि चैत्र २७ गते एम्बुलेन्स हस्तान्तरण गर्दै छौ भन्दै पिपलधारा चौतारी सम्पर्क समिति विश्व संजाल गुल्मी भारत उप समितिका सह सचीव मेहर सिंह बस्नेतले जानकारी गराउनु भयो ।

एम्बुलेन्स खरिद गरेपछि नाकाबन्दीले बिरगंज नाकामा रोकियो केही आशाहरु मर्न लागेका थिए ।जति उत्सुकता हुनु पर्ने थियो हामिलाई भएन तर आज हामिले गरेको परिश्रमको फल मिलेको छ । जसरी साथिहरुले एम्बुलेन्सको सम्पुर्ण तयारी पछि सामाजिक संजालमा भिडियो राख्नु भो एस्तो लागि रहेको छ म भारतमा है गाउँमै छु मैरै आगाडी एम्बुलेन्स दौडिरहेको आभास भएको भन्दै बस्नेतले आफ्ना खुसिहरु व्यक्त गर्नु भयो ।