पुर्ब राष्ट्रिय धावक बोहोराको पहलमा, स्पेनबाट मृगौला पिडितलाई सहयोग


प्रकाश तिवारी, कोस्टा ब्लान्का, स्पेन –
चाहे भूकम्पको आलो घाउमा मल्हम लगाउँन होस् वा बाढी पहिरोले पुरिएको क्षेत्रमा किन नहोस्,नेपाल दुख्दा स्पेनबासी नेपालीहरुको मन पग्लिएकै छ। बिकट ठाउँको दुरदराजमा रहेका गरिब र पिडितहरुको सहयोगका लागि पनि यहाँका नेपालीहरु आ- आफ्नो स्तरबाट, लागि परेका छन्।

बिगत ९ बर्ष देखि स्पेनमा बसोबास गर्दै आएका पूर्व राष्ट्रिय म्याराथुन धावक ससस्त्र प्रहरीका अक्कल बहादुर बोहोराको मन पनि यसै थामिएन। कर्णाली अञ्चलको बिकट जिल्ला मुगुको रोवा गाबिस वडा न. ८ लुम्स गाउँ निवासी ४२ बर्षीय मृगौला पिडित जान देवी बुढाको बारेमा उनले फेसबुकबाट जानकारी पाए।

मुगुका स्थायी बासिन्दा समेत रहेका बोहोराले, पिडितको उपाचार सहयोगार्थ १हजार ५सय ९६ युरो संकलन गरेर नेपाल पठाईसकेका छन्। उनले गरेको पहलमा स्पेनको कोस्टा ब्लान्का क्षेत्रमा रहेका नेपालीहरुले पनि साथ दिए, त्यसैले १ लाख ८९ हजार ९ सय ३१ रुपैंया पिडितका लागि नेपाल पुग्न सम्भव भयो।

मृगौला पिडित बुढाको दुवै मृगौलाले काम गर्न छाडेको जानकारी फेसबुकबाट थाहा पाएका बोहोराले केहि दिन आगाडी मात्रै सहयोगको अपिल गरेका थिए। एक त बिकट जिल्ला त्यस माथि चरम आर्थिक संकट, पिडितको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको छ।

गत चैत्र ४ गते देखि मृगौलाको नियमित डायलोसीस गराई रहँदा निकै रकम खर्च भैसकेको र उनको बाँकी उपचार आर्थिक अभावले गर्दा कठिन बन्दै गए पछि जीवन रक्षाका लागि अनुरोध गरिएको थियो। स्पेनको कोस्टा ब्लान्का क्षेत्रमा बसोबास गर्ने बिभिन्न नेपाली तथा बिदेशी मनकारी ब्यक्तिहरुले आफ्नो स्वेच्छाले दिएको सहयोगबाट झन्डै दुई लाख रुपैयाँको सहयोगले केहिँ राहत मिल्ने बिश्वास बोहोराले लिएका छन्।

रकम जम्मा गर्न सकिएकोमा खुशी ब्यक्त गर्दै बोहोराले आफ्नो यस अभियानमा साथ दिने सम्पूर्ण मनकारी नेपाली तथा बिदेशी शुभचिन्तकहरु प्रति आभार समेत प्रकट गरेका छन्। मुगु जिल्लाका सांसद मोहन बानियाँको नाममा रकम पठाई सकिएको र केहि दिन भित्र बिरामीलाई रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको अभियानकर्ता बोहोराले जानकारी दिए।

मृगौला पीडितका लागी सहयोग गर्नेहरुको नामावली
१. सरिता ढुंगाना – ३० युरो
२. मुना महत – २० युरो
३. नरेन्द्र – २० युरो
४. खिमु गिरि – ५२ युरो
५. खगराज सापकोटा – २० युरो
६. उमेश खरेल – ३० युरो
७. मन्जना पाण्डे – २० युरो
८. अक्कल बोहोरा – २०० युरो
९. गोमा कंडेल – २० युरो
१०. सुबाश – २० युरो
११. रुद्र खत्री – ५१ युरो
१२. शुलोचना/ प्रकाश तिवारी – ५० युरो
१३. प्रेम गुरुङ – २० युरो
१४. द्वारिका लामिछाने – ५० युरो
१५. महादत्त कंडेल – ५१ युरो
१६. हिमालय तन्दुरी स्टाफ – ३५ युरो
१७. जीवन के.सी – १० युरो
१८. प्रेम भण्डारी – २० युरो
१९. प्रविण गुरुङ – १५ युरो
२०. लाल बहादुर के.सी – २० युरो
२१. राज कुमार बानियाँ – १० युरो।
२२. धन सापकोटा – १० युरो
२३. कोषिश महर्जन – १० युरो
२४. सुरेन्द्र भुजेल थापा – ५० युरो
२५. सन्तोष मल्ल – १० युरो
२६. प्रेम प्रसाद सापकोटा – १० युरो
२७. मुकुन्द लामिछाने – ५० युरो
२८. बिकाश भण्डारी – १० युरो
२९. तेज प्रकाश सापकोटा – १० युरो
३०. कृष्ण र हेलेन – १० युरो
३१. सुर्य प्रसाद पौडेल – २० युरो
३२. मनोज बराल – २० युरो
३३. बाबु राम गौतम – ५० युरो
३४. इश्वर गौतम – ५१ युरो
३५. चन्द्रकला गौतम – १० युरो
३६. सिता शर्मा – १० युरो
३७. शिव नेपाल – २० युरो
३८. बिपिन बुढाथोकि – ३० युरो
३९. टोनी (गास्त्रो कोमिक) – ५० युरो
४०. सुमन कुवँर – ५ युरो
४१. दुर्गा भण्डारी – ५० युरो
४२. केशर बहादुर थापा – ५० युरो
४३. बालिका क्षेत्री – २५ युरो
४४. रुपेन्द्र दाहाल – २० युरो
४५. रुडी (टुटी क्वाण्टि संचालक) – २०० युरो
४६. आलोन्सो – ५ युरो
४७. बिनोद शेरचन – २० युरो
४८. रितेश श्रेष्ठ – २१ युरो

तपाईको प्रतिक्रिया