तुल्सिघाट पुलमा सोलार जडान


IMG_20160403_123348

कृष्ण रानाभाट/पोखरा ।

पोउमनपा वडा नं. ९ र ११ को सिमानामा रहेको अस्थायी प्रहरी बिटको पहलमा दाताहरुले सोलार बत्ती जडान गरिदिएका छन् ।

पोखरा ८ पृथ्वीचोक निवासी बुबा स्व.लक्ष्मी बहादुर र आमा स्व. सुबर्णकेशरी श्रेष्ठको स्मृतिमा उनका छोराहरु राजेन्द्र बहादुर श्रेष्ठ, बिरेन्द्र श्रेष्ठ, धर्मेन्द्र श्रेष्ठ र रबिन्द्र श्रेष्ठले सोलार बत्ती जडान गरिदिएका हुन ।

पुलको दुबै तर्फ एक एक वटा बत्ती जडान गर्दा करिब ४२ हजार खर्च लागेको राजेन्द्र बहादुर श्रेष्ठले बताए ।

बत्ती आएको बेलामा त ठिकै थियोे तर बत्ति नभएको बेलामा निकै असुरक्षा हुने गरेकोमा अब जुनसुकै बेला शान्ति सुरक्षा दिन सहज हुने विटका इन्चार्ज गौतम श्रेष्ठले बताए ।

हालसम्म उक्त स्थायी प्रहरी विटमा विभिन्न दाताहरुले १० लाख भन्दा बढीको भौतिक संरचना निर्माण गरि सकेका छन् ।

वडा नं. ९ भित्रका धेरै जसो बिकासका कामहरुमा जनसहभागिता उत्साहित रूपमा स्वत स्फुर्त आउने गरेको वडा सचीव लोकदर्शन कोइरालाले बताए ।