पोखरामा जथाभावी प्रतीक्षालय निर्माण हुँदै


कृष्ण रानाभाट/पोखरा

पृथ्वीचोकस्थित तिबेतियन शरणार्थी क्याम्प ब्यापारिक एसोसिएसनमा आबद्ध ब्यबसायीहरुले जथाभावी प्रतीक्षालय निर्माण भएको भन्दै तत्काल रोक्न माग गरेको छ।

पोखरामा दैनिक जसो भिडभाड बढी रहेको छ । गाडीहरू पनि दिनप्रतिदिन बढ्दै गैरहेका छन् । सार्वजनिक बस प्रयोग गर्ने यात्रुहरू पनि बढिरहेका छन् । बस कुर्नको लागि कसैले व्यवस्था गरेको छैन । उनीहरु चर्को घाम र मुसलधारे पानीको मारमा दैनिक परिरहेका छन् ।

यस्तो दयनीय अबस्थामा कुनै प्राइभेट कम्पनीले स्थानीय निकायको अनुमतिमा लगानी गर्न सकिन्छ तर कानुनी प्रक्रिया पुरा गरेर सरकारलाई लामो समयदेखि व्यापार व्यबसाय गरे बापत कर तिरेका व्यवसायीलाई एक वचन नसोधी प्रतीक्षालयको नाममा होडिङ बोर्ड राखेकोमा उनीहरूले बिरोध गरेका हुन् ।

कुनै पनि सार्वजनिक स्थानमा भौतिक संरचना निर्माण गर्दा स्थानीय जनताको सरसल्लाह गरि निर्माण गर्नुपर्नेमा बलजफ्ती रातीको समय पारेर प्रतीक्षालय निर्माण गर्न लागेकाले बिरोध गर्नु परेको व्यबसायी सुर्यप्रकास वन्जराले बताए ।

हामी बिकास बिरोधि होईनौ, तर यो ठाउँ प्रतीक्षालयको लागि उपयुुक्त हो कि हैन ? कुन डिजाइनको प्रतीक्षालय कुन स्थानमा उपयुुक्त हुन्छ ? सरसल्लाह गरेर निर्माण गर्नुपर्ने एसोसिएसनका अध्यक्ष खडानान्द पौडेलले बताए।

निर्माण कार्य सुरु हुने बित्तिकै यस विषयमा नगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीलाई जानकारी गराएको र उनलेे तत्काल काम रोक्न आफ्नै अगाडि ईन्जिनियर सुरेन्द्र पौडेललाई आदेश दिदा पनि काम नरोकिएको व्यवसायीहरुले बताए ।

उनिहरुले प्रलोभनमा परि प्रतीक्षालयको नाममा नगरपालिकाले होर्डिङ बोर्ड राख्ने अनुमति त दिएको छैन भन्ने मनमा चिसो पसेको बताए ।