मगर संघ यूकेको अध्यक्षमा नेम थापा मगर बिजयी


लन्डन । यूके मगर संघको पाचौं अधिवेशनबाट नेम थापा मगर सहितको टोली निर्वाचित भएको छ । आइतवार दुई प्यानलमा भएको निर्वाचनमा थापाले १९१ मत प्राप्त गरि विजयी भए । अर्का उम्मेदवार श्रीमती हिमाली राना मगरले ६० मत पाइन् ।

उपाध्यक्षमा बम थापाले २०५ र सिता मगर १७३ मत ल्याएर विजयी भए । अर्का उम्मेदवार इन्द्र पुन मगरले ९५ मत ल्याए । उपाध्यक्ष अनिता मगर , महासचिव लाल बहादुर मगर, कोषाध्यक्ष नेत्र आले मगर, सचिव विर प्रसाल घर्ती मगर, सहकोषाध्यक्ष होम रोका मगर निर्विरोध भए ।

यस्तै सदस्यहरुमा निर्मल श्रीमगर रमेश रानामगर, दीप राना मगर, विर बहादुर मगर, रुद्र थापा मगर, मोहन आलेमगर, धनबहादुर मगर, दधीबन्दु मगर, तुलचन्द्र तिजिला मगर, रमेश दुरामगर, दुर्गा पुन मगर र धन रोका मगर विजयी भए ।