संसदीय दलको नेतामा, पौडेलले उम्मेदवारी दिने


काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा रामचन्द्र पौडेलले उम्मेदवारी दिने भएका छन् । अब दलको नेतामा सभापतिमा जस्तै शेरबहादुर देउवा र पौडेल भिड्ने भएका छन् ।

आइतबार बसेको पौडेल पक्षीय नेताहरुको बैठकले संसदीय दलको चुनावमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पौडेल समूहमा सहमतिबाट दलको नेता चयन हुनुपर्छ भन्ने आवाज पनि थियो । प्रकाशमान सिंहसहितका केही नेता पनि आकांक्षी थिए । तर, अन्ततः पौडेल नै उम्मेदवार बनेका छन् ।

कांग्रेस संसदीय दलको नेता चयनका लागि २४ गते चुनाव हुँदैछ । पार्टी सभापति शेरबहादुर देउवा आफैं संसदीय दलको नेतामा लड्दैछन् ।