अष्ट्रेलियाको ब्रिसबेनमा पनि “वाक फर वेलफेयर” सम्पन्न


– प्रतिज्ञा अधिकारी

बिद्यार्थी कल्याणकारी काेषका लागि कुएेन्स्ल्याण्डको ब्रिसबेनमा शनिबार “वाक फर वेलफेयर” कार्यक्रम सम्पन्न भएकाे छ । न्यूफार्म पार्कबाट सुरु भएको वाक करिब २ सयको संख्यामा नेपाली झन्डा फहराउदै बिर्स्बेनको मुटु मै पर्ने स्टोरी ब्रिज सम्म पुगेको थियो।

एनआरएनले आयोजना गरेको साे कार्यक्रममा गैर आबासीय नेपाली संघका प्रबक्ता प्रबक्ता रन्जु थापा, आइसीसी, एनसीसी सद्स्य तथा पदाधिकारीहरु लगायत कुएेन्स्ल्याण्ड स्थित सामुदायिक सस्थाका अग्रजहरु, बिधार्थी, समाजसेबी, ब्यापारी तथा सर्बसाधारणको बाक्लो उपस्थिती थियो ।

‘वाक फर वेलफेयर’ नाम दिएर करिब छ किलोमिटरको पैदलयात्रा गरेका नेपालीहरुलाई अन्य विदेशी समुदायका ब्यक्तिहरुले समेत हौसला दिइरहेका थिए । उनीहरु उत्सुकतापूर्वक कर्यक्रम हेर्नुका साथै फोटो पनि खिचेका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले एनआरएनए अष्ट्रेलिया नेपाली बिद्यार्थीहरुको सर्बोपरी हितका लागि जस्तो सुकै जोखिम मोल्न पनि तयार रहेको बताए। सिग्देलले हालका गतिबिधि सहित भविष्यका कार्यक्रम बारे पनि प्रकाश पारे।

अष्ट्रेलियामा छ वटा सहरहरुको कार्यक्रम सम्पन्न भएपछि उक्त कोषलाई पारदर्शी किसिमले सञ्चालन गर्न एनआरएन ओसिनिया संयोजक महेन्द्र लम्सालको संयोजकत्वमा समिति समेत बनाईएको छ । अष्ट्रेलिया बिद्यार्थीहरुको राम्रो गन्तब्य भएको र दिनानु दिन सन्ख्या बढ्दै गएको अवस्थामा एनआरएनको भूमिका पनि बढेको संयोजक लम्सालको भनाई छ।unnamedकार्यक्रमका संयोजक समिम अनवरले सिड्नी र ब्रिस्बनेको सफलता पछि आफुलाई काम गर्ने जोश र जागर बढेको भन्दै,अष्ट्रेलियामा नेपाली समुदायको एकता र आपसी विश्वास समेत झल्काएको बताए। एनआरएनए आइसीसी युबा सम्योजक बिजय पोख्रेलले युबाहरु परिवर्तनका बाहक हुन भन्दै वाक फोर वेल्फियर लाई सफल पार्न मन बचन र कर्म ले लाग्नु पर्नेमा जोड दिए ।

यस्तै एनआरएनए एनसीसी कुएेन्स्ल्याण्डका संयोजक अभिमान सिंह बस्नेतले सहभागीहरुलाई धन्यवाद दिएका थिए भने कार्यक्रममा एनआरएनए आइसीसी सदस्य ईश्वर कुइकेलले स्वागत गरे। एन आरएनए कुएेन्स्ल्याण्डका सचिब सन्तोष कुवरले कार्यक्रमको संचालन गरेका थिए।

एक करोडको नेपाली रुपैयाँ बराबरको परोपकारी अक्षयकोष स्थापना गर्ने उद्देश्यले अायाेजित साे कार्यक्रम करिब ३ महिनादेखिको दौडधुप पश्चात सफल भएकाे हाे । यो कार्यक्रमले यहाँ रहेका र नेपालबाट उच्च शिक्षा अध्ययनका लागि आएका नेपाली बिद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले राखेकाे छ ।

अष्ट्रेलियाका प्राय: सबै मुख्य सहरहरुमा आयोजना गर्न लागिएको यस कार्यक्रमले रकम संकलन गर्ने मात्र नभएर नेपाली पहिचानलाई पनि फाईदा पुर्‍याउने सहभागीहरुको दाबी थियो । अष्ट्रेलियाको सिड्नीमा गत महिना वाक फोर वेल्फिएर कार्यक्रम भबयताका साथ सम्पन्न भईसकेको छ।