एनआरएनए स्पेनको कार्यालय व्यवस्थापन सम्बन्धि निर्णयहरू


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति स्पेनको कार्यालय व्यवस्थापन उपसमितिको पहिलो वैठक संयोजक तथा कार्यसमिति सचिव रामप्रसाद सापकोटा ‘ बिराज ‘ को संयोजकत्वमा मिति २८ मार्च का दिन संघको कार्यालयमा सम्पन्न थयो। कार्यालयलाई कसरी व्यवस्थित र गतिशील बनाउदै लैजाने भन्ने सम्वन्धमा विविध विषयहरू उपर छलफल गर्दै निम्नलिखित निर्णयहरू गरेको छ।

संघको कार्यालयबाट सम्पूर्ण नेपालीहरूलाई अधिकतम सेवा सुविधा प्रभावकारी रूपमा उपलब्ध गराउनको लागि हरेक दिन दिउसो ५ बजेदेखि ७ बजेसम्म कार्यालय खुल्ला राख्ने गरि कार्यालय व्यवस्थापन समितिको मातहतमा ७ जना सदस्य रहने गरी कार्यदल गठन गर्ने निर्णय गरियो।

जसमा रामप्रसाद सापकोटा ‘ बिराज ‘को संयोजकत्वमा सदस्यहरू दिपक क्षेत्री, अशोक नेपाल, लक्ष्मण शर्मा, मुकेश कुमार क्षेत्री, भोला लामिछाने र एकजना पछि थप्ने गरि रहेका छन। यस कार्यालयलाई नेपाली कला-संस्कृति झल्कने गरि व्यानर, पोस्टर तथा झण्डाले सुसज्जित गरिने तथा कुनैपनि संघ संस्था वा व्यक्तिहरूले कार्यक्रम गर्नुपरेमा समयमै जानकारी गराई निश्चित समयको लागि उपयोग गरेवापत कार्यालय सहयोग स्वरूप १५ युरो निर्धारण गर्ने निर्णय गरियो।

साथै संघको यस कार्यसमितिका सम्पूर्ण साथीहरूलाई महिनाको कमसेकम एकदिन कार्यालयको लागि समय उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध गर्ने निर्णय गरेको छ । सर्वसाधारण सवैको सुविधाका लागि अब देखि दैनिक २ घण्टा कार्यालय संचालन हुने र एमआरपी पासपोर्टको फर्म भर्ने निवेदन लेखिदिने लगायत पासपोर्ट बनाउने प्रक्रियामा सहयोग गर्ने रहेको छ।

यस्तै रेसिडेन्सी अप्लाई देखि नवीकरण गर्ने कुराहरूमा सिता लिने,तासा भरिदिने, परिवार पुनर्मिलनका प्रकियाहरूमा आवश्यक सहयोग उपलब्ध गराउने एबं यहाॅका आइपर्ने विविध सामाजिक तथा कानूनी समस्याहरूमा आवश्यक परामर्श दिने जस्ता कामहरूका लागि कार्यालयमा सम्पर्क गर्न (कार्यालय फोन नम्बर ९३६८१४४२६ र सचिव ६३२८३७२६१) सार्वजनिक सुचना जारी गर्ने निर्णय गरेको छ।

एनआरएनए स्पेनका महासचिव उमेश अधिकारीले संचालन गर्नुभएको उक्त बैठकमा अध्यक्ष मुक्तबहादुर गुरूड़ लगायत कार्यसमितिका अधिकांश पदाधिकारीहरू, सल्लाहकार र अन्य व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।