सिपाही आमा टोल समूहको भवन निर्माण


पोखरा, १८ चैत। सिपाही आमा टोल समूह मिजुरेडाँडाले भवन निर्माण गरेको छ। समूहले निर्माण गरेको भवन विहिबार एक कार्यक्रमका विच नेपाली काँग्रेस कास्कीका सभपाति कृष्णबहादुर केसीले उद्घाटन गरेका थिए ।

त्यसैगरि सभापतिले मिजुरेडाँडा गाविस वडा नं.३ मा पर्ने सिपाहीटोल वाटोको पनि उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै सभापति केसीले अवको वेला भनेको विकस निर्माणको भएको बताए। राजनिति परिवर्तन सगै अव विकास निर्माण जुट्नु पर्ने वेला आएको छ उनले भने– आमा समूहले गरेको यो कामबाट अरुले पनि पाठ सिक्न जरुरी छ।

कार्यक्रममा भवन निर्माण तथा वाटो निर्माणमा सहयोग पु¥याउने व्यक्ति तथा संघ सस्थालाई सम्मान गरिएको थियो । कार्यक्रममा अन्नपूर्ण संरक्षण क्षेत्र मिजुरे डाँडाका प्रमुख नरेन्द्र लामा, नेपाली काँग्रेस कास्कीका सदस्य ओमप्रकाश गुरुङ, ओभरसियर ढकबहादुर भुजेल, नेपाली काँग्रेस क्षेत्र नं.१ का निवर्तमा उपसभापति मुरारी कोइराला, मिजुरेडाँडा ग्रामिण मोटरबाटो समितिका अध्यक्ष लालबहादुर गुरुङ, सदस्य धनबहादुर गुरुङ, मिजुरे डाँडा वडा नं.३ का पूर्व वडाध्यक्ष तुलप्रसाद रिजाल, दण्ड न्यौपाने, ओमबहादुर क्षेत्रीले बोलेका थिए ।

सिपाही आमा टोल समूह मिजुरे डाँडाकी अध्यक्ष महेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा तरुणदल मिजुरे डाँडाका अध्यक्ष यमबहादुर गुरुङ स्वागत र समूहकी सचिव शारदा शाहीले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।