पोखरामा ग्यासको चरम अभाव कायमै


कृष्ण रानाभाट/पोखरा

व्यापारी र डिलरहरुको मिलेमतोमा पोखरामा ग्यासको चरम अभाव छ । अहिले डिलरहरुले किराना पसल मार्फत ग्यासको सहज बितरण गर्ने नाममा भित्र भित्रै चर्को मुल्यमा बिक्री गरिरहेको उपभोक्ताले आरोप लगाएका छन् ।
IMG_20160331_224642खाली सिलिन्डरसंग १४ सय तिरेर पनि ग्यास पाईदैन तर ५५ सयमा सिलिन्डर सहित किन्यो भने जत्तिपनी पाईन्छ न्युरोडमा एक सामान्य खाजा घर संचालन गर्दै आउनु भएकी गिता अधिकारीले चितवनबाट बसका स्टाफले ल्याई दिएको दाउराको भारी राख्दै भनिन् ।

१४ केजीका ग्यासका सिलिन्डर बजारमा आउन थालेसंगै ग्यास पाउन झन गाह्रो भएको हो । हरेक दिन जसो ग्यासका भरी सिलिन्डर पोखरामा भित्रिय पनि उपभोक्ताले सहजै ग्यास पाएका छैनन् ।

पोखरा १ बगरमा कम्प्युटर ईन्स्टिच्युट संचालन गर्दै आएका पत्रकार एवं व्यवसायी असफल गौतमले ग्यास पाईन्छ भनेर दिनभरी पसल चहार्दा पनि बेलुकी रित्तै फर्किनु पर्यो।

भाडामा बस्ने दैनिक काम गरेर छाक टार्नुपर्ने बाध्यता भएका आम उपभोक्ताले अहिले जतिसुकै मुल्य परे पनि ग्यास किन्ने भएकाले डिलरले नै कालोबजारी गरिरहेको आशन्का गर्छन् सर्वसाधारण ।
DSCF5425