डेनमार्कबाट राईलाई घर पठाउँन सहयोग जुटाईयो


 कोपनहेगन
डेनमार्क कोपनहेगन स्थित नेल्स ब्रक कलेजमा अध्ययनरत सरोज राईलाई घर फर्काउँन ८ हजार डेनिश क्रोनर आर्थिक सहयोग प्रदान गरिएको छ। मोरङ् जिल्ला पथरी स्थायी घर भएका राई घर फर्कन ईच्छुक तर रकम अभाव भए पछि सहयोग जुटाईएको हो।

गत जनवरी ३ तारिखका दिन रहस्यमय तरिकाबाट पानीमा डुब्न पुगी तत्पश्चात उपचार गराइरहेका राईले नेपाल फर्कने ईच्छा ब्यक्त गर्दै आर्थिक सहयोग गर्न अपिल गर्दै डेनमार्क स्थित नेपाली दुतावासमा निबेदन दिएका थिए।

आर्थिक सहयोगको लागि राजदुतावासको समर्थनमा एनआरएनए डेनमार्कले पनि पहल गरे पछि राईको सहयोगार्थ ६ हजार १ सय डेनिश क्रोनर संकलन भएको थियो। डेनमार्क स्थित संघ संस्थाहरु तथा नेपालीहरुको सहयोग गरे पछि उक्त रकम संकलन भएको हो।

उनलाई घर पठाउनको लागि सहयोग रकम संकलन गर्न एन आर एनका सचीव रमेश काफ्लेले पनि व्यक्तिगत पहल थालेका थिए । उनले बताए अनुसार एन आर एन डेनमार्कले फेसबुक मार्फत सहयोगको आव्हान गरेको र आंफुले व्यक्तिगत रुपमा भाइवरमा ग्रुप बनाएर चिनेका साथीभाईसंग आव्हान गरे अनुरुप सहयोग रकम संकलित हुन सकेको उनले बताए । उनी घर फर्कने तय भइसकेकोले जतिसक्दो छिटो सहयोग जुटाउनु पर्ने भएकोले व्यक्तिगत पहल थालिएको बताए । एन आर एनले सामाजीक राहत कोषबाट केहि रकम सहयोग गरे पनि आफुले अन्य साथीभाईसंग अनुरोध गरी थोरै भए पनि सहयोग रकम जुटाएको पनि उनले बताए ।

तर राईलाई करिब ८ हजार डेनिश क्रोनर जरुरत देखे पछि संघले १ हजार ९ सय डेनिश क्रोनर आफ्नो “सामाजिक कोष” बाट परिचालन गरी राईलाई हस्तान्तरण गरेको छ।

बिहिबार राजदुतावासका उप-नियोग प्रमुख राम काजी खड्काको रोहवरमा संघले रकम हस्तान्तरण गरेको थियो । बिगत ३ महिना देखिको कोठा भाडा लगायत बिबिध खर्चका लागि पनि, उक्त सहयोगले पिडित राईलाई राहत मिलेको छ।

नेपाल जाने एकतर्फी हवाई टिकेट भने उनि अध्ययनरत नेल्स ब्रक कलेजले उपलब्ध गराएको छ। राइ गत बिहिबार राति नै नेपाल फर्कीसकेका छन् ।

रकम उपलब्ध गराई सहयोग गर्ने व्यक्तिहरुको नामावली:
S.No. NAME AMOUNT IN DKK.
1 DIPENDRA BIST 101
2 DEEPENDRA CHUDAL 203
3 RAMESH ADHIKARI 101
4 RAMESH KAPHLE 151
5 GOVINDA POUDEL 151
6 HARI PRASAD NEUPANE 200
7 RAJESH & SRIJANA 250
8 PRABIN PRAJAPATI 151
9 PRABHAT KIRAN 151
10 JEEVAN THAPA MAGAR 100
11 BIRENDRA SINGH KARKI 151
12 LAXMI PANDEY 151
13 SOM SAPKOTA 101
14 BIKU BHANDARI 101
15 ARUN PRATAP KHADKA 101
16 RAJENDRA PRASAD SAPKOTA 151
17 DIPAK SAPKOTA 100
18 VINAY KHATIWADA 101
19 RAM CHANDRA PATHAK 101
20 RAMESH GHIMIRE 100
21 SAGAR PRASAI 500
22 HARKA CHALISE 151
23 AMRIT THAPA 101
24 PRAHLAD MISRA 101
25 SANDEEP RIJAL 101
26 ROJENDRA MAHARJAN 101
27 GAURAV MAHARJAN 101
28 RANJIT KUMAR SRESHTHA 101
29 SAJJAL SIWAKOTI 50
30 NIRAJ PRASAI 151
31 ASHOK SHARMA 101
32 CHHANTYAL KABIR 111
33 NABIN ACHARYA 201
34 NAVRAJ BHATTARAI 101
35 SURAJ UPRETI 101
36 NILAM KHADKA 101
37 PRASANT KHADKA 200
38 BIBEK ADHIKARI 101
39 NIRVAN KAPHLE 101
40 DIPAK RAJ RIJAL 151
41 GANESH KUMAR BHATTARAI 101
42 JAMUNA KANDEL 101
43 ISHWAR SHARMA 101
44 GYANESH KOIRALA 151
45 DEEPAK BASNET 101
46 PRASHANT SAPKOTA 101