भारतलाई पराजित गर्दै वेस्टइन्डिज टी-२०फाइनलमा


– एजेन्सी, मुम्बई

भारतलाई ७ विकेटले पराजित गर्दै वेस्टइन्डिज टि ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । पहिले ब्याटिंग गरेर भारतले दिएको १९३ रनको लक्ष्य वेस्ट इन्डिजले ३ विकेट गुमाएर अन्तिम ओभरमा पूरा गरेको हो । आइतबार हुने फाइनलमा वेस्ट इन्डिजले इंगल्यान्डसँग खेल्नेछ ।

लेन्डल सिमन्सले ८३ रन बनाएपछि क्रिस गेल सस्तैमा आउट भएपनि वेस्ट इन्डिजले विजय हात पार्यो । गेल ५ रन जोडेर आउट भएका थिए । तर, सिमन्सका साथ जोन्सन चाल्र्सले ५२ र रसलले ४३ रन जोडेका थिए ।

भारतका लागि विराट कोहलीले ८९, रोहित शर्माले ४३ र अजिन्क्या रहानेले ४० रन जोडेका थिए ।