पोखरा कप अन्तरास्ट्रिय फुटबल प्रतियोगिता चैत ३० देखि


पोखरा । पाँचौ मनकामना केबुलकार पोखरा कप अन्तरास्ट्रिय फुटबल प्रतियोगिता २०७२ यही चैत ३० गतेदेखि बैशाख ११ गतेसम्म पोखरामा हुने भएको छ ।

मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा कास्की जिल्ला फुटबल संघले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय १२ फुटबल टिमहरुको सहभागिता रहने अपेक्षा गरिएको छ ।

बिहिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पश्चिमाञ्चल खेलकुद बिकास समितिका अध्यक्ष खगराज पौडेल, कास्की जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष सन्देश श्रेष्ठलगाएतले बोलेका थिए ।

संघका अध्यक्ष धरम बहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सदस्य रामकृष्ण बास्तोला गोर्खालीले गरेका थिए ।