सन्चारकर्मीसंग सम्बाद कार्यक्रम


पोखरा । स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जवाफ देहि बनाउनको लागि पहल ( जिनिज) कार्यक्रम बिहीबार पोखरामा सम्पन्न भयो ।

सेवा ग्राही, सेवा प्रदायक संस्था र मिडियाको भुमिका बिषयमा भएको सो सम्बाद कार्यक्रममा जिल्ला बिकास कार्यालय कास्कीका निमित्त प्रमुख नारायण प्रसाद श्रेष्ठ, जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका अधिकृत बोधराज सुवेदी, जिशिका कास्कीका हेमनारायण चापागाईं, जिल्ला कृषि कार्यालय कास्कीका वरिष्ठ कृषि अधिकृत रमेशप्रसाद कोइरालाले कार्यालयले सेवाग्राही दिइएको सेवाको बारेमा बताएका थिए ।

जनसरोकार मञ्च कास्कीका अध्यक्ष नवीन सिग्देल, पत्रकार शिबराज बस्ताकोटी, गाबिस प्रतिनिधि, उपभोक्ता अधिकार मञ्चका प्रतिनिधि लगाएतले सेवाग्राहिले सजिलोसँग सरकारी सेवा नपाएको बारेमा बोलेका थिए ।

मानव अधिकार निगरानी समुहका अध्यक्ष पदमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सरिता तिमिल्सिना पँगेनीले गरेकी थिईन।