कोलकातामा आकासेपुल भत्किँदा १५ को मृत्यु, सयौँ पुरिएको आशङ्का


भारतको कोलकातामा बिहीबार फ्लाईओभर९आकासेपुल० भत्किँदा कम्तीमा पनि १५ जनाको ज्यान गएको छ। कोलकातामा निर्माणाधीन अवस्थामा रहेको सो आकासे पुल भत्किँदा १५ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

भत्किएको सो स्थानमा कैयौँ व्यक्ति पुरिएर रहेका बताइएको छ। उक्त भत्किएको संरचनाबाट कम्तीमा पनि १५ वटा शव निकालिएको छ। त्यसभित्र कतिजना व्यक्ति पुरिएका छन् भन्ने बारेमा अझै स्पष्ट नभएको बताइएको छ। बिहीबार बिहान सो दुर्घटना भएको बताइएको छ।

कैयौँ व्यक्तिलाई उद्वार गरी नजिकैको अस्पतालमा पुर्याइएको छ। अस्पतालमा भर्ना भएका व्यक्तिको अवस्था पनि निकै नै गम्भीर रहेको बताइएको छ।

पुरिएकामा उक्त पुल निर्माण कार्यमा सम्लग्न मजदुरहरु नै बढी मात्रामा रहेका देखिएको छ। स्थानीय टेलिभिजन च्यानलहरुले उक्त निर्माण कार्यमा सम्लग्न व्यक्तिहरु धेरै चेपुवामा परेका बताएका छन्।

अहिले उक्त स्थानमा उद्वारको कार्य भइरहेको छ। टिभी च्यानलहरुले घटनास्थलमा धुवाँ उडेको र ठूलो सङ्ख्याका नागरिक उद्वार कार्यमा सम्लग्न भएका देखाएका छन्। रासस/एएफपी