मलेसियामा कार दुर्घटनामा परी २ नेपालीको मृत्यु,३ जना घाईते


मलेसियामा कार दुर्घटनामा परी दुई जना नेपाली युवाको मृत्यु भएको छ । दुर्घटनामा परि गोरखा बुङकोटका अन्दाजी ३४ वर्षीय रामशरण थापा र सलकपुर, मोरङ घर भई काजाङ क्षेत्रमै कार्यरत २४ वर्षीय लोकमान कार्कीको मृत्यु भएकोछ ।

५ जना नेपाली सवार कार दुर्घटनामा परेको हो । घटनाबारे मृतकका नेपालस्थित परिवारलाई खबर गरिसकीएको बताइएको छ । काजाङको ‘मेट्रो काजाङ’ क्षेत्रको एक सडक खण्डमा मंगलबार राती भएको दुर्घटनामा अन्य तीन जना नेपाली घाइते भएका छन् । दुईजनाको अवस्था गम्भिर रहेको र विस्तृत बिबरण आउँन बाँकी रहेको छ।


तपाईको प्रतिक्रिया