भारत र वेष्ट इन्डिज बीच आज फाईनलमा पुग्न कडा टक्कर


टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा आज वेष्ट इन्डिज र आयोजक भारत भिड्दैछन्। बिजेता टोलिले उपाधिका लागि ईंग्ल्याण्डसँग भिड्ने छ। मुम्बइको वांखडे रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ बजेर १५ मिनेटमा सुरु हुने छ।

अहिलेसम्म भारत दुई पटक र वेष्ट इन्डिजले एकपटक फाइनल खेलेका छन्। सन् २००७ मा उपाधि जितेको भारत २०१४को फाइनलमा श्रीलंकासँग पराजित भएको थियो। वेष्ट इन्डिजेले भने सन् २०१२मा उपाधी जितेको थियो।