एनआरएनए स्पेनका अध्यक्षसँगको बिशेष अन्तरबार्ता (भिडियो)


बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङले आँफूले गरेका बाचाहरु पुरा गरी छाड्ने प्रतिबद्दता दोहोर्याएका छन्। गत बर्ष जुलाईमा भएको एनआरएनए स्पेनको चौथो अधिबेशनबाट निर्बिरोध अध्यक्षमा निर्बाचित भएका गुरुङले सबै प्रतिबद्दता पुरा गर्ने बताएका हुन्।

गुरुङले एनआरएनए स्पेनको आफ्नै कार्यलय खोल्ने,कम्तिमा १ हजार पंजीकृत सदस्यता बिस्तार गर्ने,स्पेनका भएका नेपालीहरुको तथ्याङ्क संकलन गर्ने जस्ता प्रतिबद्दताहरु गरेका छन्। आफ्नो ९ महिनाको कार्यकाल बितिसक्दा पहिलो प्रतिबद्दता अनुसार कार्यलय संचालनमा आईसकेको बताउँदै अध्यक्ष गुरुङले यसलाई दिर्घकालिन संचालनको सोच पनि ल्याएको बताएका छन्।

नेपालीनेपाली डटकमका प्रधानसम्पादक बसन्त रानाभाटले गरेको बिशेष अन्तर्वार्तामा गुरुङले, के भने त ? तल भिडियो हेर्नुहोस्।

नोट:- अन्तर्वार्ताको क्रममा निर्बिरोध अध्यक्ष भन्नु पर्नेमा, अन्यथा हुन पुगेकोमा सच्चाईएको छ।