कास्की ट्राफिक कार्यालय हाउस फुल


कृष्ण रानाभाट/पोखरा 

पोखरामा पेट्रोलियम पदार्थको सहजै उपलब्धतासंगै पछिल्लो समय ट्राफिक नियम उल्लंघनका घटना पनि बढेको छ । कास्की ट्राफिक प्रहरीले छड्के जाँच तथा नियमित कारबाही गर्न थाले पछि अहिले कारबाहीमा परेका सवारी साधन राख्न समस्या भएको छ ।

दैनिक २०/२५ वटा गाडी, मोटरसाईकल कारबाहीमा पर्ने र सवारी साधनका मालिक समयमै लिन नआउने गर्दा कारबाहीमा परेका सवारी साधन वेबस्थापनमा समस्या परेको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक श्यामु अर्यालले बताए । उनल लामो समयसम्म लिन नआई बेवारिसे अबस्थामा रहेका सवारी साधनको बेवस्थापनको लागि ट्राफिक प्रहरीलाई नभएकोले त्यत्तिकै कुहिएर गएको बताए ।FB_IMG_14592725706686527

उनले भने जस्तै जिल्ला ट्राफिक कार्यालय कास्की बाहिर रहेका कतिपय बाइकहरु कामै नलाग्ने अवस्थाका छन् । ती मोटरसाइकल न सवारी धनीले लान्छन, न ट्राफिक प्रहरीले नै केही गर्न सक्छ ।

सडक पार्क, नो पार्किङमा पार्क, ट्राफिक नियम उलंघन गर्ने, मोडिफाई गर्ने, बिना कागजात सवारी चलाउने, ढोकामा प्यासेन्जर झुण्डाएर लैजाने लगाएतका सवारी साधनलाई नियन्त्रणमा लिइ २ सयदेखि २ हजार सम्म कारबाही गरिरहेको छ ।

FB_IMG_14592726156924505