कोमल ओलीले नेपाली संगीतलाई अफ्रिका सम्म पुर्याईन्


लेगोस / बहुचर्चित नेपाली गायिका कोमल ओलीले नेपाली गीत संगीतलाई अफ्रिका सम्म पुर्याएकी छन्। नेपाली नयाँ बर्षको उपलक्ष्यमा आयोजित बिशेष सांगीतिक कार्यक्रममा नाईजेरियामा प्रस्तुती राख्दै,नेपाली संगीतलाई अफ्रिका सम्म पुर्याएकी हुन्।

प्राय: नेपालका चर्चित कलाकारहरु कार्यक्रमको लागि युरोप र अमेरिका नै ताकिरहेका बेला,ओलीको पछिल्लो प्रयासलाई डायस्पोराका नेपालीहरुबाट मुक्तकण्ठले प्रशंसा गरेका छन्। कार्यक्रमलाई गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नाइजेरियाले आयोजना गरेको हो।

गायिका ओलीले आफ्ना चर्चित एक दर्जन बढी गीत संगीत सुनाउँदा बिदेशीहरु समेत कम्मर मर्काउँदै नाचेका थिए। कार्यक्रममा स्थानीय कलाकारहरुले समेत गीत संगीत प्रस्तुत गरेका थिए। एनआरएनए नाइजेरियाले नेपालकै चर्चित कलाकारलाई उपस्थित गराएर गरेको अफ्रिकाकै यो पहिलो कार्यक्रम हो।

अफ्रिकामा नेपाली गीत संगीतलाई गुन्जाएर नेपाली संगीत ,कला र भाषाको प्रबद्धन प्रारम्भ गर्न पाउँनु आँफैमा गौरबमय रहेको गैर आबासीय नेपाली संघका केन्द्रिय कोषाध्यक्ष हिक्मत थापाले नेपालीनेपाली डटकमलाई बताए।

12910737_10154629032979989_1264962421_n12910595_10154629033039989_619808191_n12895436_10154629032859989_1572129597_n12910957_10154629032734989_1844008858_n