एनआरएनए अष्ट्रियाको अध्यक्षमा धर्मराज खतिवडा निर्बाचित


भियना/गैरआवासीय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद अष्ट्रियाको अध्यक्षमा धर्मराज खतिवडा विजयी भएका छन् । संघको आइतवार सम्पन्न निर्वाचनमा खतिवडाले १२२ मत प्राप्त गर्दै विजयी भएका हुन्।

यस्तै अध्यक्ष पदका अन्य प्रतिस्पर्धी ध्रुव पौडेलले ११४ मत र मुक्त लामा गुरुङले ६० मत प्राप्त गरे। यस्तै उपाध्यक्षमा कमल थापाले १७४ मत र नेत्र बहादुर खड्काले १६० ल्याएर विजयी भए । उपाध्यक्ष पदकै अर्का उम्मेद्वार कुमार अधिकारीले भने १३९ मत प्राप्त गरेका छन्।

महासचिवमा गोपाल बाबु श्रेष्ठले १४० मत , सचिबमा यम नारायण मानन्धरले १८७ मत र कोषाध्यक्षमा बिनोद खड्काले १४७ मत प्राप्त गरि विजयी बनेका छन्। तर सदस्यहरुमा लक्ष्मण देवान, किरण लाल श्रेष्ठ, बिनोद चौलागाई, गोपी कृष्ण भट्टराई, लोक बहादुर श्रेष्ठ र अमृत पौडेल निर्विरोध निर्बाचित भए ।

निर्वाचित पदाधिकारीहरुलाई गैरआवासीय नेपाली सँघ युरोपका संयोजक कुल आचार्यले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

यी हुन् खतिबडाले गरेका प्रतिबद्दताहरु:-
आदरणीय दिदीबहिनी, दाजुभाई तथा विभिन्न पेशा-व्यवसायमा आवद्ध विशिष्ट व्यक्तित्व, वुद्धिजीवि, विद्यार्थी एवं मेरा प्रिय समकक्षी साथीहरू !
हामी नेपालीहरू विभिन्न कारणहरूले आफ्नो जन्मभूमिलाई छाडेर संसारका विभिन्न देशहरूमा बाध्यात्मक जीवन बिताई रहने सिलसिलामा हामी अष्ट्रियामा पनि आइपुगेका छौं । बाध्यात्मक परिस्थितिका पछाडि विभिन्न कारण र कारक तत्त्वहरू विद्यमान होलान्, हामीहरू तिनलाई केलाउने तर्फ नजाऔं ।
12910749_1136128253088000_1005288654_n
तर हामी सबैका समस्याहरू यहाँ लगभग समान छन् । जो यिनै कारण र कारक तत्त्व भित्र नै अन्तरनिहित छन् । यी समस्यालाई एकजनाले भन्दा पनि सामूहिक रूपले सरलीकरण गर्न र समाधानउन्मुख बनाउनु सकिन्छ भन्ने नै हाम्रो निर्क्यौल हो ।
आदरणीय दिदीबहिनी तथा दाजुभाईहरू !
सामूहिक र समान समस्याहरूलाई सरलीकरण गर्न एवं समाधानउन्मुख बनाउनको निमित्त संगठन, सांगठनिक अनुभव, विचार, कार्यक्षमता, कार्यदक्षता नै प्रधान र आवश्यक हुने गर्दछ । तसर्थ, हामी नेपालीहरूको साझा संस्था गैह्रआवसीय नेपाली समाज संसारका अधिकांश देशमा संगठित र कार्यरत छन् । यसैको परिणामस्वरूप हामी अष्ट्रियामा पनि संगठित हुने जमर्को गरेका हौं । तर अनेकन् परिस्थितिले हाम्रो सोच र अभिव्यक्ति एकीकृत हुनमा जटिलता एवं नैराश्यता सृजना गरेको कुरा विगतलाई मूल्याँकन गर्दा छर्लंग जस्तै नै छ ।
दिदीबहिनी तथा दाजुभाईहरू !
स्थायी वसोवासको व्यवस्थापनमा होस् वा आर्थिक सक्षमता अभिवृद्धिमा होस्, विविद जटिल चुनौतीहरू हाम्रा सामु विद्यमान् छन् । विद्यार्थी साथीहरू समक्ष त अझ कठिन दिनहरूलाई पार गर्नुपर्ने विवशता विद्यमान छ । यी र यस्ता थुप्रै चुनौतीहरूलाई चुनावकै पूर्वसन्ध्यामा वा तत्कालै समाधान गर्न सहज त पक्कै छैन ।
12899387_1136128209754671_929045397_o
यस परिप्रेक्ष्यमा यहाँहरू समक्ष म यो अपिल गर्दछु कि यी चुनौतीहरूको स्थायी समाधानको निमित्त सबैको साझा प्यारो एन्‍.आर.एन्. ए. निर्माणको लागि यही निर्वाचनले मार्गप्रशस्त गर्नेछ । समआदरणीय दिदीबहिनी तथा दाजुभाईहरू, आगामी कार्यकालको लागि अध्यक्षको रूपमा मलाई यहाँहरूले आफ्नो अमूल्य मत दिई संस्थाप्रति पूर्णप्रतिवद्ध, इमान्दार र कर्तव्यनिष्ठ भई काम गर्ने मौका प्रदान गर्नु हुनेछ भन्ने दृढ विश्वासका साथ यहाँहरू सामु निम्न एजेण्डा तथा प्रतिवद्धताहरू जाहेर गर्दछु ।
एजेण्डा एवं प्रतिवद्धताहरू
१. एन्‍.आर.एन्. ए. को कार्यालय एवं नेपाली साँस्कृतिक गृहको निर्माण :
सन् २०१७ – २०१९ को निर्वाचन अगावै सम्पन्न हुने गरी आगामी कार्यकालमा एन्‍.आर.एन्. ए. को सम्पर्क कार्यालयको स्थापना गरिनेछ । साथै, नेपाली साँस्कृतिक गृहको स्थापनार्थ अष्ट्रियावासी सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाईहरूसँग बृहत छलफल गरिनेछ ।
२. एन्‍.आर.एन्. ए. को सदस्यता वितरणको व्यवस्थितीकरण :
एन्‍.आर.एन्. ए. को सदस्यता वितरण एवं नविकरणलाई व्यवस्थित गरिनेछ । कतिपय साधारण सदस्यहरू कम्प्यूटर एवं सूचना प्रविधिको पहुँचभन्दा बाहिर पनि हुन सक्ने अवस्थालाई मनन गर्दै हाल कायम सबै सदस्यहरूलाई तुरून्तै रजिष्ट्रेशन फाराम भराईने छ । चुनावको बेलामा भोट बैंकको रूपमा वा आर्थिक मारमा मात्रै पार्दै आईरहेको सदस्यता वितरण प्रथालाई ” म एन्‍.आर.एन्. ए. हो र यसको सदस्यता लिनु मेरो अधिकार मात्रै होईन कर्तव्य पनि हो ” भन्ने भावनाले प्रतिस्थापन गरिनेछ । नयाँ अधिवेशन हुने मितिले कम्तीमा ३ महिना अगावै नयाँ सदस्यता वितरण गरी सकिनेछ । अष्ट्रिया आउनु हुने समस्त नेपालीहरूलाई आफ्नो विवरण एन्‍.आर.एन्. ए. मा बुझाउन सूचित एवं प्रेरित गर्ने संयन्त्रको निर्माण गरिनेछ र वैचारिक साथै एन्‍.आर.एन्. ए. को बुँताले भ्याएसम्म कानुनी सल्लाह लिने ठाउँसम्म पुर्याईने छ ।
३. नेपाली कला र सँस्कृतिको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धन :
नेपाली कला र संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नको लागि छुट्टै साँस्कृतिक समन्वयकर्ताको भूमिका निर्वाह गर्ने गरी एकजना उपयुक्त सदस्यलाई जिम्मेवारी दिईनेछ । उक्त समन्वयकर्ताले कलाकार समितिको व्यवस्था गर्नेछ । उक्त समितिले अष्ट्रियास्थित अन्य नेपाली संघ-संस्थासँग मिलेर साँस्कृतिक एवं मनोरञ्जनात्मक कार्याक्रमका साथसाथै क्षेत्रीय समितिहरूसँग मिली कला र सँस्कृतिको प्रवर्द्धनार्थ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नेछ ।
४. खेलकुद एवं युवा सक्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम :
खेलकुद एवं युवा सक्षमता अभिवृद्धिको लागि एक जना सदस्यको नेतृत्वमा युवा समिति बनाईनेछ । रोजगारीको निमित्त भाषागत समस्या हुने हुनाले विभिन्न स्थानहरूमा सञ्चालित नि:शुल्क भाषा केन्द्रहरूको खोजी गरी त्यहाँ जानको लागि अभिप्रेरित गरिनेछ । क्षेत्रीय समितिहरूसँग एकापसमा सल्लाह र समन्वय गरी मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछ । उत्कृष्ट खेलाडी एन्‍.आर.एन्.ए. लाई पुरष्कृत गरिनेछ ।
५. महिलावृन्द समन्वयकर्ता : महिला दिदीबहिनीहरूको आत्मसम्मानको लागि ज्येष्ठ महिला सम्मान कार्यक्रम, हरितालिका तीज कार्यक्रम, भलिबल लगायत अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालानार्थ महिला समन्वयकर्ताको नेतृत्वमा समितिको निर्माण गरिनेछ ।
६. साहित्यिक समन्वयकर्ता : नेपाली साहित्यको प्रवर्द्धनार्थ साहित्यिक समन्वयकर्ताको व्यवस्था गरिनेछ तथा प्रतिवर्ष उत्कृष्ट साहित्यिक व्यक्तित्वको सम्मान कार्यक्रम राखिनेछ । नेपाली भाषा अध्ययन गर्नको लागि अभिभावकहरूलाई अनुरोध गर्नुको साथै गुरूआमा एवं गुरूहरूलाई सम्मान एवं प्रोत्साहन गरिनेछ । नेपाली भाषा नै नेपाल र अष्ट्रियावीचको सम्बन्धको सेतु हो भन्ने भावनालाई प्राथमिकताका साथ प्रेरित गरिनेछ ।
७. समावेशी एवं सहभागितामूलक एन्‍.आर.एन्. ए. :
एन्‍.आर.एन्. अष्ट्रियालाई बढीभन्दा बढी समावेशी एवं अनिवार्य महिला प्रतिनिधिमूलक बनाईनेछ । सम्पूर्ण अष्ट्रियावासी नेपालीलाई विविधता भित्रको एकता अनि एकता पछिको मजबुती भन्ने मूलमन्त्र बनाई समावेशी एन्‍.आर.एन्. अष्ट्रियाको निर्णाण गरिनेछ ।
८. विद्यार्थीहरूको स्वागत एवं विदाई कार्यक्रम :
नेपाली विद्यार्थीहरूको स्वागत एवं विदाई कार्यक्रमको साथै आईपर्ने समस्या, जस्तै: भिषा अवधी थप्ने सम्बन्धी लगायत, हरूमा सहयोग गर्नको लागि आपसी छलफलको आधारमा एउटा कोषको स्थापना गरिनेछ ।
९. एन्‍.आर.एन्. अष्ट्रिया आपतकालीन कोष :
अष्ट्रिया प्रवेश गर्दा वा रहँदाबस्दा आईपर्ने समस्या (जेल / प्रहरी) लाई कानुनी उपचारको लागि आपतकालीन कोषको व्यवस्था गरिनेछ । दैवीकष्ट, मृत्यु वा कुनै ठूलो रोग लागी नेपाल फिर्ता हुनुपर्ने अवस्था श्रृजना भएमा सहायता प्रदान गर्ने प्रयोजनको लागि उक्त कोषको परिचालन गरिनेछ र यस सम्बन्धी विषयको व्यवस्थापन साधारण सभाको निर्णयबाट गरिनेछ ।
१०. आर्थिक पारदर्शिता :
एन्‍.आर.एन्. ए. का हरेक क्रियाकलापहरू पारदर्शिताको सिद्धान्त र अभ्यासबाट निर्देशित हुनेछन् । प्रत्येक महिना एन्‍.आर.एन्. ए. का गतिविधिहरू समेटेर समस्त साधारण सदस्यहरूको इमेलमा पठाईनेछ । संस्थाका यावत् गतिविधि, कार्यक्रम र आर्थिक विवरणहरू अद्यावधिक गरी संस्थाको आधिकारिक वेवसाइटमा राखिने कार्यलाई मूर्तता दिईने छ । अतिथि सत्कारमा हुने खर्च साधारण सभाको निर्णयबाट मात्रै गर्ने परिपाटीको अनिवार्य अवलम्वन गरिनेछ । साथै भ्रमण खर्च वा यस्तै अन्य कुनै शीर्षकमा खर्च गर्नको लागि एन्‍.आर.एन्. ए. को कोषको प्रयोग हुन दिईने छैन ।
११. एन्‍.आर.एन्. हरूबीच सम्बन्ध विकास र विस्तार :
अष्ट्रियाको विभिन्न शहरहरूमा बस्नुहुने एन्‍.आर.एन्. हरूका वीचमा परिचय, सम्बन्ध र आपसी सहयोग अभिवृद्धि गर्ने उद्देश्यले आन्तरिक भेटघाटको कार्यक्रमको शुरूवात गरिनेछ । यस अन्तर्गत स्थानीय रूपमा बस्नुहुने एन्‍.आर.एन्. हरूको पहलमा भेटघाट कार्यक्रमको आयोजना गरिनेछ ।
१२. ज्येष्ठ नागरिक सम्मान कार्यक्रम :
महिला एवं पुरूषतर्फबाट एकएक जना एन्‍.आर.एन्. ए.ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिनेछ ।
१३. परोपकारी अक्षयकोषको स्थापना :
नेपालमा आईपर्ने विपत्तिको घडीमा सहयोग गर्नको लागि एन्‍.आर.एन्. अष्ट्रिया नेपाल परोपकारी कोषको स्थापना गरिनेछ । कोषको मूल रकम सुरक्षित रूपमा लगानी गरिनेछ र लगानीबाट प्राप्त ब्याज रकम नेपालमा परोपकारी कार्य गर्नेको लागि खर्च गरिनेछ । यस सम्बन्धी सम्पूर्ण व्यवस्था साधारण सभाको निर्णयबाट गरिनेछ ।
१४. एन्‍.आर.एन्. ए. तथ्याँक संकलन :
अष्ट्रियामा बस्नु हुने सम्पूर्ण नेपालीहरूको तथ्याँक / लगत संकलन र अद्यावधिक गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाईने छ । यसो गर्दा व्यक्तिगत गोपनीयताको प्रत्याभूति हुने गरी सुरक्षित तथ्याँक विवरण व्यवस्थापन गरिनेछ ।
१५. महावाणिज्यदूतावासको स्थापना :
अष्ट्रियामा बस्ने समस्त नेपालीजनलाई राहदानी बनाउने, नविकरण गर्ने, सरकारी कागजात प्रमाणीकरण गर्ने लगायतका कार्यलाई सहज बनाउनको लागि महावाणिज्यदूतावासको स्थापनाको लागि सघन पैरवी गरिनेछ । वा सम्बन्धित निकायलाई सहज तवरले सुविधा प्रदान गर्नको लागि पहल गरिनेछ ।
धन्यवाद् !