पाकिस्तानको लहोर बम विस्फोटमा, कम्तीमा ५० को मृत्यू


पाकिस्तानको लहोर शहरमा भएको बम विस्फोटमा कम्तीमा ५० जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएको अधिकारीहरुले बताएका छन्। उक्त विस्फोट सहरको दक्षिण पश्चिम क्षेत्रको एउटा ठूलो पार्कमा भएको थियो, जहाँ आइतबार अबेर धेरै मानिसहरु भेला भएका थिए।

प्रहरीले बीबीसीलाई बताए अनुसार उक्त विस्फोट आत्मघाती जस्तो देखिएको छ।
लहोरस्थित बीबीसीकी शाइमा खलिलले भनेकी छन्, उक्त विस्फोट इस्टर सप्ताहन्त मनाउन निस्किएका क्रिश्चियन परिवारहरुप्रति लक्षित हुनसक्ने अनुमान गरिएको छ।

स्थानीय सञ्चार माध्यमले उक्त क्षेत्र वरपरका सबै जसो मुख्य अस्पताललाई आपतकालीन सेवाकानिम्ति तम्तयार राखिएको छ। विस्फोट गुल्सन ए इक्बाल पार्कको मुख्य ढोकामा भएको देखिएको छ, जहाँ सामान्यतया कारहरु राख्ने गरिन्छ।
ज्यान गुमाउने र घाइते हुने खासगरी महिला र बालबालिका रहेको त्यहाँको प्रहरी अधिकारीले रोयटर्स समाचार संस्थालाई जनाएको छ।-बीबीसी