अष्ट्रेलियालाई हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा


विराट कोहलीको शानदार प्रदर्शनको मदतमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।मोहालीमा भएको खेलमा अष्ट्रेलियाले घरेलु टोली सामू जितका लागि १६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई भारतले पाँच बल बााकी छँदा मात्र ४ विकेट गुमाएर भेट्टायो ।

भारतको जितमा विराटले महत्वपूर्ण भूमिका खेले । उनले अविजित ५१ बलमा अविजित ८२ रनको पारी खेले । उनले नौ चौका र दुई छक्का हाने ।कप्तान महेन्द्र सिंह धोनी १८ रनमा अविजित रहे । उनले अन्तिम ओभरको पहिलो बलमा चौका हान्दै भारतलाई जिताएका थिए ।