एनआरएनए अष्ट्रियाको, नयाँ नेतृत्वलाई मतदान


गैरआवासीय नेपाली सँघ अष्ट्रियाको नयाँ नेतृत्वको लागि आज मतदान भएको छ। ४ सय ३० जना मतदाता रहेको संघको नयाँ नेतृत्वको लागि आईतबार मतदान भएको हो । अध्यक्षका लागि ध्रुव पौडेल, धर्मराज खतिवडा र मुक्त लामा गुरुङ प्रतिस्पर्धा गरिरहेका छन्। यस्तै उपाध्यक्षमा कुमार अधिकारी, कमल थापा र नेत्र बहादुर खड्का,महासचिबमा रवी चन्द्र भट्टराई, सागर सुवेदी र गोपाल बाबु श्रेष्ठ चुनाबी मैदानमा छन्।

सँघको अधिवेशनलाई प्रमुख अतिथिको रुपमा गैरआवासीय नेपाली सँघ यूरोप संयोजक कुल आचार्यले उद्घाटन गरेका छन्। आजै मतदान पछि नजिता आउँने अपेक्षा गरिएको छ।